Kylin Villa मा ट्रम्प–पुटिन–सीको वार्ता,घनाजंगल र रहस्यहरुको गढमा के हुँदैछ ?

३ मंसिर २०८३, बिहीबार
Share this
711shares

३ मंसिर , काठमाण्डौ।

Advertisement

चीनको सेन्जन सहर चमकधमक, गगनचुम्बी भवनहरु र आधुनिक विकासको संसारभन्दा पर घना जंगल, शांत तलाउहरु र हरियालीका बीच बसेको छ । यही सहरमा छ किलिन भिला । यसको विशेषता भनेको यो ठाउँको ढोका हरकोहीका लागि खुल्दैन ।

निकै महत्वपुर्ण र संवेदनशील वार्ताहरुका लागि चुनिने गरेको यो ठाउँ बाहिरबाट हेर्दा कुनै राम्रो चिनियाँ रिसोर्टजस्तै लाग्छ । तर यसको वास्तविक पहिचान त्योभन्दा निकै रोचक छ । चिनियाँ इतिहासमा यो त्यो ठाउँ हो, जहाँ शीर्ष नेताहरुको भेटवार्ता र यस्ता कन्फिडेंशियल कुराहरु हुने गरेका छन्, जुन यहाँबाट बाहिर निस्कदैनन् ।

Advertisement

अहिले सेन्जनको चर्चा यसकारण भइरहेको छ किनभने यहाँ विश्वका तीन सबैभन्दा ठुला राजनीतिक शक्तिका शीर्ष अनुहारहरु एक साथ देखिदैछन् । एकातर्फ चीनका राष्ट्रपति शी जिनपिंग, अर्कातर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र अर्कातिर रूसका राष्ट्रपति भ्लादिमीर पुटिन ।

वर्तमान समयमा विश्व राजनीतिका तीन सबैभन्दा प्रभावशाली पात्रहरु अहिले चीनमा एकै समयमा एकै स्थानमा रहेका छन् । किलिन भिलाको सबैभन्दा ठुलो विशेषता भनेको यसको शांत र प्राकृतिक माहौल हो । आधुनिक युगमा शहरको भागदौडबाट पर, रुखहरुले घेरिएका भवनहरु, पारंपरिक चिनियाँ वास्तुकला, मनमोहक बगैंचा र तलाउहरु आसपास फैलिएको मौनताले यसलाई कुनै फिल्मी जासूसी ठेगाना जस्तै भएको भान देखाउँछ ।

यहाँ न हल्लीखल्ली छ, न भीडभाड । न त पर्यटकहरुको आवागमन नै । यो ठाउँको आर्किटेक्चर नै यस्तो छ कि यहाँ आएका पाहुनाहरुलाई एकांत र सुरक्षा दुवैको अनुभुत गराउँछ । कूटनीतिमा आफ्नो नाम सुनौलो अक्षरमा लेखाउन गइरहेको किलिन भिलाको अतीत पनि कम रोचक छैन ।

सन २००६ मा उत्तर कोरियाका तत्कालीन नेता किम जोंग–इल यहाँ बस्ने चर्चा भएको थियो । र त्यसयता नै यो ठाउँ थप रहस्यमय बन्न पुग्यो । उसो त यो कुनै नयाँ ठेगाना होइन, तर चीनको त्यो कूटनीतिक परंपराको हिस्सा हो, जहाँ महत्वपुर्ण वार्ताका लागि जगमगाउँदा मञ्चहरु र विश्वकै आँखा पर्ने भन्दा शांत र अनुशासित माहौललाई प्राथमिकता दिइन्छ ।

अब आजको बैठकको कुरा गरौं । किलिन भिलाको एकै मंचमा सी जिनपिंग, ट्रंप र पुटिन बसेका छन् । उनीहरुबीचमा यूक्रेन युद्ध, मध्य पूर्वको संकट, वैश्विक व्यापार, एआई र सेमीकंडक्टर चिप्स लगायतका विषयमा वार्ता हुँदैछ । बाहिर विश्वको नजर एपेक सम्मेलनमा अडिएको छ र भित्र वार्ताको हरेक शब्दले ग्लोबल इक्वेसन बदल्ने क्षमता राख्ने ठानिएको छ ।

अहिले कयौं विश्लेषकहरुले सेन्जर शहरमा एउटा नयाँ ग्लोबल अर्डरको पटकथा लेखिएको भन्दै विश्लेषण गरिरहेका छन् । ट्रंप, शी र पुटिनको त्रिपक्षिय वार्ताको अर्थ हो, विश्व एक नयाँ मल्टीपोलर वल्र्डमा प्रवेश गर्नु जहाँ सबैभन्दा शीर्ष तीन शक्तिहरु अमेरिका, चीन र रूस छन् ।

अर्को पंक्तिमा भारत, यूरोप, जापान र ब्राजील जस्ता देशहरु छन्, र तेस्रो पंक्तिमा बाँकी उदाउँदा शक्तिहरु । चीनका राष्ट्रपतिका लागि यो भन्दा ठुलो अवसर अरु कुनै हुन सक्दैन । जहाँ अमेरिकी राष्ट्रपति उनको देशमा आएका छन् र चीन एक वैश्विक शक्ति बनेको कुरा स्वीकार गर्छन् ।

इतिहासमा यो पहिलो पटक भएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप, चिनियाँ राष्ट्रपति शी जिनपिंग र रूसी राष्ट्रपति भ्लादिमीर पुटिन एकै साथ त्रिपक्षीय शिखर सम्मेलनमा बसेका छन् । र यो बैठकभन्दा अगाडि केही महत्वपूर्ण कुराहरु भए, जस्तो कि शीले स्वयं ट्रंपको स्वागत गर्न एयरपोर्ट पुगे तर उनी पुटिनलाई लिन एयरपोर्ट गएनन् ।

यसबाट पनि धेरैले संकेत गरेका छन् कि ग्लोबल अर्डरमा तेस्रो नंबर रूसको हो । जुन पहिला दोस्रो थियो । तर अब अमेरिका अहिले पनि पहिलो नै छ भने चीन चीन निर्विवाद रुपमा दोस्रो नम्बरमा रहेको छ । आज किलिन भिलामा वार्ता हुँदा चीनका रणनीतिकारहरुले यो बैठकलाई लिएर एउटा नयाँ रणनीतिक शब्द उठाएका छन्, ’सेन्जन इंटरनेशनल सिस्टम’ ।

रेनमिन यूनिभर्सिटीका प्रोफेसर वांग वेनले यो शब्द निकालेका हुन् । योे शब्दले इतिहासमा भएका ति सम्झौताहरुको स्मरण गराउँछन जहां पहिला पनि ग्लोबल अर्डरको कथा लेखिएको थियो । जस्तो १९४५ मा भएको याल्टा सम्झौता वा १६४८मा भएको वेस्टफेलिया सम्झौता वा १८१५ मा भएको भियना सम्झौता, अथवा १९१९ मा गरिएको वर्सायको संधि ।

अब यो लिस्टमा सेन्जन शिखर सम्मेलन पनि थपिएको छ । यद्यपि प्रोफेसर वांग वेनजस्ता चिनियाँ विद्वानहरु निकै सावधानीपूर्वक यो बैठकलाई जी–३ नाम दिनबाट बचिरहेका छन् । यसको पछाडी उनीहरुको डर भनेको कतै विश्वका बाँकी देशहरुमा अमेरिका, चीन र रूस मिलेर सिंगो पृथ्वीलाई तीन भागमा त बाँडेनन् भन्ने सन्देश नजाओस् ।

तर वास्तविकता के छ भने स्वयं ट्रंपले यसलाई जी–३ मानेका छन् । र रूसी राष्ट्रपति पुटिनका वैचारिक गुरु एलेग्जेंडर डुगिनले पनि एउटा नयाँ ग्लोबल अर्डरको नक्शासमेत सोशल मीडिया प्लेटफर्म एक्समा शेयर गरेका छन् । जसमा विश्वलाई तीन झंडाहरुमा देखाइएको छ ।

एउटा झंडा अमेरिकाको अर्को चीन र तेस्रो झंडा रूसको । अमेरिका, चीन र रूस एक साथ हुनुको अर्थ संयुक्त राष्ट्र सुरक्षा परिषदमा तीन भिटो पावर भएका शक्तिहरु एक साथ हुनु । उता युके र फ्रांस यसबाट बाहिर छन् र यूरोपेली देशहरुमा यो बैठकले तनाव फैलाइदिएको छ ।

युरोपेली नेताहरु पुटिनलाई बहिस्कार गर्न निकै जोड लगाइरहेका छन् । तर ट्रंप र शीको साथ पुटिनले पाउनुको अर्थ हो कि यूरोपको रूसलाई किनारा लगाउने प्रयास असफल हुनु । पुटिन यही नै चाहान्थे । यूरोपेली नेताहरुलाई अमेरिकाले जुन् झट्का दिएको छ, त्यसलाई पनि इतिहासमा लेखिएको छ ।

यता भारतको पनि अमेरिकालाई लिएर उसको अविश्वास थप बढेको छ । अमेरिकी विदेश नीतिलाई लिएर अब भारतले १० पटक सोच्नुपर्ने अवस्थामा पुगेको छ । विश्वका तीन ठुला सैन्य शक्तिहरु र भिटो पावर भएका देशहरु एकै मंचमा आउनुको अर्थ हो कि विश्व तीन ध्रुवमा बाँडियो ।

अमेरिका र रूसको चीनका साथ मिलेर कुनै नयाँ ’ग्लोबल सिस्टम’ मा चर्चा गर्नु नयाँ दिल्लीको कूटनीतिका लागि एउटा ठुलो संदेश पनि हो । जहाँ एकातर्फ रूस र अमेरिका बीच तनाव कम हुँदा भारतलाई आफ्नो विदेश नीतिमा संतुलन कायम राख्न सहज हुने छैन ।

अर्कातर्फ चीनले स्वयंलाई ’ग्लोबल को–म्यानेजर’ अर्थात विश्वको नयाँ ड्राइभरका रूपमा प्रस्तुत गर्नु एशियामा शक्ति संतुलनका हिसाबले भारतका लागि सतर्क हुनै पर्ने अवस्था हो । यसबारे आफ्ना धारणाहरु अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्सको अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरी हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top