३ मंसिर , काठमाण्डौ।
गृहमन्त्री सुधन गुरुङको निर्णयबाट सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) पदबाट बर्खास्त भएका वंशीराज दाहालले पुनर्बहालीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिए पुनरावेदन ।
बिचौलिया इनम सापकोटासँगको सम्बन्ध बाहिरिएपछि दाहालमाथि सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण सूचना चुहाएको आरोप लागेको थियो।

गृह मन्त्रालयले उनीमाथि छानबिन गरी आचरणविपरीत गतिविधि गरेको निष्कर्षसहित सेवाबाट हटाउने निर्णय गरेको थियो।
दाहाल चार वर्षे पदावधि असोज २७ गते मात्रै सकिँदै गर्दा गत असोज २३ गते बर्खास्तमा परेका थिए ।
कानुनी व्यवस्थाअनुसार गृहमन्त्रीको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र मन्त्रिपरिषद्मा पुनरावेदन गर्न सकिने प्रावधान ।
अब उनको पुनरावेदनमाथि सरकारले गर्ने निर्णयले बर्खास्ती प्रकरणको आगामी दिशा तय गर्ने।



