३ मंसिर , काठमाण्डौ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो ।
आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम ।

त्यस्तै, आज युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २१ पैसा रहेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३२ पैसा कायम ।
अस्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा निर्धारण ।
कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ ४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ९८ पैसा रहला बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ११ पैसा कायम ।
गत जेठ ७ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।
त्यस दिन एक डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम भएको थियो ।



