३ मंसिर , काठमाण्डौ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको निलम्बन तथा सम्पूर्ण प्रतिबन्ध फुकुवा ।
राखेपको कार्यकारी समितिको बिहीबार बसेको बैठकले एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका निलम्बन र प्रतिबन्ध हटाउने निर्णय गरेको राखेपका सदस्य सचिव रामचरित्र मेहताले पत्र पठाउँदै दिए जानकारी ।

राखेपले एन्फालाई पठाएको पत्रमा यसअघि विभिन्न सञ्चारमार्फत लगाइएको निलम्बन तथा प्रतिबन्ध र एन्फाले २०८३ वैशाख ५ गते पत्रमार्फत गरेको अनुरोधलाई समेत आधार मानेर निलम्बन फुकुवा गर्ने निर्णय गरिएको उल्लेख ।
पत्रमा एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक प्रतिबन्धसहित सम्पूर्ण निलम्बन र प्रतिबन्ध हटाइएको जिकिर ।
यो निर्णय पत्र कात्तिक २८ गतेदेखि नै लागू हुने राखेपको प्रष्टीकरण ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ बमोजिम निलम्बन फुकुवाको निर्णय गरेको जिकिर ।
एन्फामाथि विश्व फुटबलको सर्वोच्च निकाय फीफाले पनि प्रतिबन्ध लगाएको अवस्थामा सरकारले हस्तक्षेप छैन भन्ने सन्देश दिएसँगै फीफासँगको छलफलको बाटो पनि खुल्यो ।



