जेनजी आन्दोलन हाइज्याक भयोः प्रदीप ज्ञवाली

३ मंसिर २०८३, बिहीबार
Share this
694shares

३ मंसिर , काठमाण्डौ।

Advertisement

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा युवा विद्यार्थीको मनसाय असल भए पनि अन्य पात्र र शक्ति केन्द्रले आन्दोलनलाई ‘हाइज्याक’ गरेको नेकपा एमालेका नेता प्रदीप ज्ञवालीको दाबी ।

पार्टीका कमजोरी पहिचान गरी सुधार गर्न सके एमाले पुनःस्थापित हुने विश्वास व्यक्त ।

Advertisement

भदौ २३ र २४ गतेको घटना स्वाभाविक नभएको र फागुन २१ गतेको निर्वाचन त्यसैको निरन्तरता भएको टिप्पणी ।

सूचना प्रविधि र एल्गोरिदमको प्रयोगमार्फत मूलधारका राजनीतिक दलविरुद्ध गलत धारणा निर्माण गरिएको ज्ञवालीको आरोप ।

जनअसन्तुष्टि र नेतृत्वका कमजोरीलाई आधार बनाएर सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन तथा विभिन्न राजनीतिक नेताका सालिकमा तोडफोड र आगजनी गर्ने कार्यलाई जायज मान्न नसकिने तर्क।

ज्ञवालीले एमालेको लोकप्रिय मत २०७९ को निर्वाचनमा २८ प्रतिशत रहेकामा घटेर १४ देखि १५ प्रतिशतमा झरेको स्वीकारे ।

पार्टीको आन्तरिक विवाद, सत्ता समीकरणमा अत्यधिक केन्द्रित हुनु, युवापुस्तासँग दूरी बढ्नु र जनतासँगको सम्बन्ध कमजोर बन्नु पराजयका प्रमुख कारण ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top