३ मंसिर , काठमाण्डौ।
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट इन्धन चोरी गर्न नयाँ तरिका अपनाइएको खुल्यो ।
ट्याङ्करको मुख्य ताला वा सिल नतोडी प्राविधिक छिद्रको दुरुपयोग गरी इन्धन निकाल्ने गरेको आशंकामा रुपन्देहीमा दुई ट्याङ्कर र एक व्यक्ति पक्राउ ।

मंगलबार साँझ तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्राङ्गणमा पार्किङ गरी राखिएका ट्याङ्करबाट इन्धन चोरी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरी टोलीद्वारा साँझ पौने ८ बजे चोरी भइरहेको अवस्थामा लु२ख २६५५ र लु२ख ३९४० नम्बरका ट्याङ्करसहित तिलोत्तमा–७ मंगलापुर निवासी ४६ वर्षीय तिलबहादुर फुलाल नियन्त्रणमा ।
भारतबाट भलवारी डिपोका लागि आउने ट्याङ्करमा राति वा बिहान चिसो समयमा इन्धन लोड गरिने र तापक्रम बढ्दा आयतनमा हुने परिवर्तनलाई दुरुपयोग गरी इन्धन हिनामिना गर्ने आशंका ।
ट्याङ्करको सिल नतोडी माथिल्लो ढक्कनमा प्राविधिक चलखेल गरेर इन्धन निकाल्ने गरिएको आशंका ।



