शव व्यवस्थापनका लागि रिमोटबाट चल्ने ‘रोबो भ्यान’ बन्दै

५ कात्तिक ७७, बिहीबार

बनेपा: काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले शव व्यवस्थापनका लागि मानिसले छुनु नपर्ने गरी सहयोग गर्ने ‘रोबो भ्यान’ निर्माण गरिरहेका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको शव छुनका लागि डर मान्नुपर्ने अवस्था आएपछि विद्यार्थीहरूले यस्तो भ्यान निर्माण गर्न लागेका हुन् ।

रिमोटबाट चल्ने यो भ्यान तिहारसम्ममा तयार हुने विद्यार्थीको अपेक्षा छ । धुलिखेल अस्पतालमा नेपालको पहिलो कोरोना सङ्क्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न भक्तपुरबाट टोली ल्याएर शव उठाइएको थियो । काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले रोबो भ्यानमार्फत अस्पतालमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन गर्न सकिने अवधारणा अगाडि सारेका थिए ।

आफ्ना विद्यार्थीले अघि सारेको रोबो भ्यान बनाउने योजनालाई विश्वविद्यालयले नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) मा प्रस्ताव पेस गरेको थियो । केयूका विद्यार्थीले पेस गरेको प्रस्ताव नास्टले स्वीकृत गरेको थियो । नेपालमा नै पहिलो पटक निर्माण सुरु गरिएको रोबो भ्यान निर्माणका लागि करिब १० लाख रुपियाँ लाग्ने बताइएको छ । रोबो भ्यान निर्माणका लागि नास्टले काठमाडौँ विश्वविद्यालयलाई १० लाख रुपियाँ सहयोग उपलब्ध गराएको विश्वविद्यालयका एसोसियट डीन डा. बीमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

उहाँले कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि कन्भियर बेल्टको प्रयोग गरेर रोबो भ्यान निर्माण गरिएको बताउनुभयो । ‘रोबो भ्यान निर्माणपछि शव व्यवस्थापन गर्न खटिएका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमणको जोखिमबाट टाढा राख्न सहयोग गर्छ,’ श्रेष्ठले थप्नुभयो ।

विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूको एक समूूहले अभियान्त्रिक कर्मशाला टिम बनाएर रोबो भ्यान बनाउने काम अगाडि बढाएका हुन् । अभियान्त्रिक कर्मशाला परियोजनाको नेतृत्व तथा रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले रोबो भ्यानले मृत शरीरलाई अस्पतालको शøयाबाट शव वाहन र शव वाहनबाट घाटसम्म स्थानान्तरण गर्न सहयोग गर्ने बताउनुभयो । ‘‘विभिन्न भाइरसका कारण मानिसलाई छुनै नहुने अवस्था आएकाले उक्त भाइरसबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनका लागि खट्ने व्यक्तिहरू सङ्क्रमित हुने डर भएकाले शव व्यवस्थापन गर्न नयाँ प्रविधिको विकास ग¥यौँ,’’ कार्कीले थप्नुभयो ।

Advertisement

कार्कीले एउटा शव व्यवस्थापन गर्न १० भन्दा बढी जनशक्ति लाग्ने र शव व्यवस्थापन गर्ने व्यक्तिसमेत सङ्क्रमित हुने अवस्था हुन्थ्यो तर रोबो भ्यान निर्माणपछि एक व्यक्तिले नै सबै काम गर्न सक्ने बताउनुभयो । रोबो भ्यान दुई भागको रहेको छ । रिमोट कन्ट्रोलका माध्यमबाट एउटा भागले मृत शरीरलाई उचालेर रोबो भ्यानमा राख्ने र अर्को भागले मृत शरीरलाई रोबो भ्यानबाट शव वहानमा राख्न सहयोग गर्छ । करिब तीन महिनाअघिबाट सुरु गरिएको रोबो भ्यान बनाउने कामको एउटा भागको करिब ९० प्रतिशत काम सकिएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा केदार तिमल्सिनाले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top