निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

५ कात्तिक ७७, बिहीबार

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पु-याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो ।

यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सो हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी टोली सक्रिय रहेको र पुराना मिसिलसमेत अध्ययन हुँदै गरेको बताए ।

‘अनुसन्धानका लागि प्रहरीका धेरै टोली सक्रिय छन्, पुराना मिसिल पुनः अध्ययन गर्ने तथा शंकास्पद पुराना तथा नयाँ अनुहारमाथि उच्च निगरानी राखिएको छ,’ प्रहरी प्रवक्ता एसएसपी कडायतले राजधानीसँग भने ।

Advertisement

उनले पहिले अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरूको समेत मुद्दा नटुंगिएका कारण उनीहरू पनि अनुसन्धानकै क्रममा रहिरहने जनाएका हुन् । ‘पहिले अनुसन्धानमा तानिएका र छुटेकाहरूको मुद्दा टुंगिएको होइन, आवश्यक परे फेरि पनि अनुसन्धानको दायरामा ल्याउन सकिन्छ । नयाँ अनुहार पनि निगरानीमा छन्,’ प्रवक्ता कडायतले थपे ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनाका दोषीलाई कारबाही गरेरै छाड्ने नीति लिएपछि सुस्त रहेको अनुसन्धानले फेरि तीव्रता लिएको हो । महानिरीक्षक क्षेत्रीले पदभार सम्हाल्दा नै सो घटनालाई टुंगोमा पु-याउने बताएका थिए ।
‘अनुसन्धानको गतिले अहिले लय लिएको छ, अनुसन्धान निष्कर्ष नजिक छ, केही समयभित्रै सत्यतथ्य बाहिर आउँछ,’ एक उच्च प्रहरी अधिकारीले भने ।

Advertisement

१० साउन २०७५ मा पन्तको घरनजिकै उखुबारीमा बलात्कार पछि हत्या गरिएको थियो । प्रहरीले उनको शवलाई ११ गते बिहान नियन्त्रणमा लिएको थियो । त्यसपछि घटना भएको २४औं दिन अर्थात् ४ भदौ २०७५ मा प्रहरीले दिलिप विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

तर, डीएनए परीक्षणको अनुसन्धानले विष्टलाई निर्दोष देखाएपछि उनी छुटेका थिए । विष्ट निर्दोष रहेको भन्दै कञ्चनपुरमा आन्दोलन उठ्दा भीमदत्त नगरपालिका–१८ का १४ वर्षीयसन्नी खुनाको ज्यानसमेत गएको थियो । त्यस बखत सो घटनामा परी १२ जनाभन्दा बढी घाइते भएका थिए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top