×

NEPAL TIMES UPDATES

Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

३१ बैशाख २०७५

बेइजिङ, ३१ वैशाख ः उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको समाचार छ ।

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सो प्रतिनिधिमण्डलमा सहभागी भएको समाचार जापानको सरकारी प्रशारण संस्था एनएचके टेलिभिजनले दिएको छ ।

Advertisement
Advertisement

उक्त प्रशारण संस्थाकाअनुसार उक्त प्रतिनिधिमण्डल बेइजिङ्को एक अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा पुगेको थियो । सो दृश्य उक्त टेलिभिजनले देखाएको बताइएको छ ।

तर पनि सो भ्रमणमा सहभागी अधिकारीको नाम भने उसले दिएको छैन । उक्त भ्रमण दलमा उत्तर कोरियाका केही उच्चस्तरीय अधिकारी भएको अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतिक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा सिंगापुरमा हुन लागेको छ ।

सोही भ्रमणको पूर्व सन्ध्यायमा भएको उत्तर कोरियाली नेताको यो चीन भ्रमणलाई एक अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । यसका साथै उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुगेका थिए ।

उनले गएको दुई महिनायता यो दोस्रो पटकसम्म चीनको भ्रमण गरेका थिए । दुई महिना यताको यो पनि एक उच्चस्तरीय भ्रमण नै रहेको अधिकारीहरुले जनाएका छन् ।

उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारेको अन्योल हटाउने विषयमा सिंगापुरमा जुन १२ मा वार्ता हुन लागेको हो ।

राष्ट्रपति ट्रम्पले विश्वकै चासो र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा वार्ता हुने र यो वार्ता कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने ट्वीटरमार्फत जनाएका छन् ।

यसअघि नै यसै वार्ताको बिषयलाई लिएर राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग पनि फोनवार्ता गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबीच गर्ने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ । यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई गत बुधबार नै रिहा गरिसकेका छन् ।

उक्त सिंगापुर वार्ताको तयारीको लागि अमेरिकी विदेशमन्त्रीले पनि हालै उत्तर कोरियाको भ्रमण गरेका थिए । सो भ्रमणपछि नै उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई रिहा गरेको थियो ।

उत्तर कोरियाको भ्रमणलगत्तै अमेरिकी विदेशमन्त्रीले आसन्न वार्ताको वातावरण निर्माण भएको र परिस्थिति सबै सकारात्मक रुपमा नै अघि बढेको प्रतिक्रिया दिएका थिए ।

सो वार्ताको सफलताको लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही दिनयता विभिन्न एसियाली देशका नेताहरुसँग फोनवार्ता जारी राखेका छन् । उनले उत्तर कोरियासँग वार्तामा बस्न आफू प्रतिक्षारत रहेको पनि बताएका छन् ।

Advertisement

यी वातावरणका कारण उत्तर र दक्षिण कोरियाली नागरिकमा पनि शान्तिको आशा पलाएको बताइएको छ । विश्वका सञ्चारमाध्यमहरुले कोरियाली प्रायद्वीपमा अब शान्ति स्थापना हुने बताएका छन् ।
रासस

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top