बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

Share this
821shares

८ कात्तिक, काठमाडौं ।

Advertisement

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। उनले शनिबार बिहान ट्वविटमार्फत आफु सँगै श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

भट्टराईले ट्वविटमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

Advertisement

उनले चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु ‘होम आइसोलेसन’मा नै रहेको बताएका छन् । उनले लेखेका छन्, ‘ चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top