×

NEPAL TIMES UPDATES

Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026

राष्ट्रिय झण्डाको आकार र रुप फरक ,मन्त्री पण्डितले सोधे स्पष्टिकरण

३१ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गत शनिबार जानकी मन्दिर परिसरमा राखिएको राष्ट्रिय झण्डाको आकार र प्रकार किन फरक राखिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार चार जनालाई स्पष्टिकरण सोधेको छ ।

Advertisement
मन्त्रालयले २ नम्बर प्रदेशका निमित्त मुख्यसचिव हरि फुयाँल, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव देवीराम भण्डारी, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत मदन भण्डारीलाई सोमबारको मन्त्री स्तरीय निर्णयबाट स्पष्टिकरण सोधिएको सामान्य प्रशासन मन्त्रीका स्वकीय सचिव वसिम आलमले जानकारी दिए।
मन्त्रालयले उनीहरुलाई जानकी मन्दिरमा नेपालको राष्ट्रिय झण्डा, नेपालको संविधान २०७२ को अनुसूची–१ मा उल्लेख भएअनुसार आकार र रुपमा नभई फरक आकार र रुपमा देखिन आएको र निर्धारित स्वरुपभन्दा फरक आकार भएको झण्डा बनाउन किन दिइयो? भनेर सोधेको छ।
ती अधिकृतहरुलाई मन्त्रालयले ‘के–कसरी र कसको लापारवाहीले फरक आकार र रुपको राष्ट्रिय झण्डा राखिएको हो? तीनदिनभित्र लिखित जवाफ दिनुहोला।’ भनेर सोधेको छ।
मोदी भ्रमणको क्रममा जानकी मन्दिर परिसरमा राखिएको नेपाली झण्डाको आकार र प्रकार फरक भएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top