शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

११ कात्तिक ७७, बुधबार

१२ कात्तिक, कञ्चनपुर।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा निकुञ्ज सुनसान भएको छ ।

विगतका वर्षमा चाडपर्वको यो मौसममा जङ्गलसफारीका लागि उल्लेखनीय रुपमा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीं जिल्लाभित्रका दुई चार जना पर्यटक मात्र आउने गरेको निकुञ्जले जनाएको छ ।

Advertisement

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा निकुञ्जमा धेरै पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गाको विशाल झुण्ड, दुर्लभ एकसिंगे गैँडा र हात्तीको लस्कर अवलोकन गर्न सकिन्छ । त्यतिमात्र नभई ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, सीमसार क्षेत्र र ऐतिहासिक स्थल पनि निकुञ्जभित्र अवलोकन गर्न सकिन्छ ।

फागुनदेखि जेठ मसान्तसम्म निकुञ्ज घुम्ने उपयुक्त समय भएपनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत महिनादेखि लागू गरिएको लकडाउनले गर्दा निकुञ्ज सुनसान बन्नुका साथै आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । निकुञ्जले कात्तिक १ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पु¥याएर जङ्गल सफारी गर्न सकिने भन्दै सूचना प्रकाशित गरेको थियो । सामाजिक दूरी कामय राख्दै मास्क र सेनिटाइजरको प्रयोग समेत गर्नुपर्ने निकुञ्जले जनाएको छ ।

Advertisement

जङ्गल सफारी र वाक सफारी खुला गरिएपनि हात्ती सफारी, फिसिङ, ¥याप्टिङ र क्याम्पिङलगायत गतिविधिमा भने रोक लगाइएको छ । १७ वटा एकसिङ्गे गैँडा, १६ वटा पाटे बाघ, मुलुककै सबैभन्दा ठूलो घासे मैदान, जैविक विविधताले भरिपूर्ण दर्जनबढी तालतलैया र सयौं प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न पाइने शुक्लाफाँटामा पछिल्ला वर्षहरुमा पर्यटक आवमन बढिरहेको तथ्याङ्कले देखाएको छ ।

“बन्दाबन्दीपछि निकुञ्जमा सफारी खुला गर्दा पनि पर्यटकहरु त्यतिधेरै घुम्न आएको देखिएन्”, निकुञ्जका रेञ्जर दीपक चौधरीले भने, “निकुञ्ज खुला गरिएपनि आगन्तुकलाई स्वास्थ्य सुरक्षा मापदढड अपनाएर मात्र घुम्न भनेका छौं ।” उनले कात्तिक एक गतेदेखि मङ्गलबारसम्म निकुञ्जमा १०३ जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको जानकारी दिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top