Nepal Times
Nepal Times
3
Shares

आगलागीबाट रु सातलाख क्षति

आगलागीबाट रु सातलाख क्षति

कञ्चनपुर, १ जेठ ः हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै रु सात लाख भन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा गोठमा बाँधिएका चारवटा बाख्रा र खोरमा राखिएका २० वटा स्थानीय जातका कुखुरा जलेर मरेका छन् ।

हावाहुरीका कारण विद्युत् सर्ट हुँदा गोठमा अगालागी भएको हो । बाख्रासँगै गोठ पूरै जलेको प्रहरी नायब उपरीक्षक सेटीले बताए।

विद्युत् सर्ट भएर कुखुरा फार्ममा आगलागी हुँदा बेलडाँडी गाउँपालिका–२ का प्रेम रानाका फार्ममा राखिएका ४०० कुखुराका चल्ला जलेर मरेका छन् । फार्म पूरै जलेर नष्ट भएको छ ।

यसैगरी, बेलडाँडी–१ का धना कुँवरको कच्ची गोठमा आगलागी हुँदा दुईवटा गाईका बाच्छा जलेर मरेका छन् । लालझाडी गाउँपालिका–४ का गंगा बोहराको गोठमा आगलागी हुँदा एक भैँसी र दुई बाख्राको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । चारवटै ठाउँमा आइतबार हावाहुरी आएका बेला आगलागी भएको बताइएको छ ।

हावाहुरीले दर्जनौँ स्थानीय बासिन्दाका घर, विद्यालयलगायतका छानासमेत उडाएर नोक्सानी गरेको छ । स्थानीय किसानले लगाएको केराखेतीमा समेत हावाहुरीले नोक्सानी पु¥याएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.