१९ कार्तिक , काठमाण्डौ ।
नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढ्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम ।

बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार सुनको मूल्य १० ग्रामको २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्य पनि बढ्यो ।
बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ३ हजार ९२० रुपैयाँमा कारोबार हुँदै ।
महासंघका अनुसार चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ ।



