फिलिपिन्समा आँधीका कारण १३ लाख प्रभावित

१३ कात्तिक ७७, बिहीबार
Share this
655shares

१३ कात्तिक, एजेन्सी।

Advertisement

फिलीपिन्समा ठूलो क्षति पुर्‍याई नौ जनाको ज्यान लिएको समुद्री आँधी भियतनामको दक्षिण केन्द्रीय क्षेत्रमा प्रवेश गरेको छ ।

“मोलाभी” नामको उक्त आँधी बुधबार भियतनाम प्रवेश गर्नुअघि त्यसको शक्ति क्षिण भएको भएपनि तटीय क्षेत्रमा आँधीका कारण एक सय पचास किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेको थियो। जसका कारण एकजना मृत्यु भएको छ ।

Advertisement

आँधी भियतनामको बिन्ह दिन्ह प्रान्तमा प्रबेश गरे लगत्तै समुन्द्रमा डुंगा पल्टिदा डुंगामा सवार दुई जनाको जनाको मृत्यु भएको छ भने अन्य २६ जना मछुवाहरू हराईरहेका छन् ।

हराएकाहरुको खोजी गर्न दईवटा जल सेनाको समूह परिचालन गरिएको छ। जोखिमपूर्ण स्थानहरुबाट ४० लाख भन्दा बढी मानिसहरुलाई अन्यत्र सुरक्षित स्थानमा सारिसकिएको छ ।

Advertisement

यसैबीच प्रधानमन्त्री नुएन छुवान फुक ले १३ लाख जनता आँधीबाट प्रभावित हुन सक्ने भन्दै उनीहरुलाई अन्यत्र सार्ने कार्य गर्न निर्देशन दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top