काठमाडौंका सीडीओ दाहाललाई कोरोना संक्रमण

१३ कात्तिक ७७, शुक्रबार

१३ कात्तिक, काठमाडौं ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सीडीओ)जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रजिअ दाहालले आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको बिहीबार गृहमन्त्रालयमा जानकारी गराएका छन् ।

Advertisement

गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले दाहालले बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएको बताए । उनी अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top