×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

बेनी आउँदै गरेको जिप दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

१४ कार्तिक २०७७

१४ कात्तिक, म्याग्दी ।

म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

Advertisement
Advertisement

बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८ जलेश्वरमा रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो ।

दुर्घटनामा अन्नपुर्ण गाउँपालिका–२ भूरुङ तातोपानीकी १० वर्षिय रिया बि.क.को मृत्यु भएको छ । वि.क.को बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए।

जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले दिएको विवरणअनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका–६ ठाडाखानीका वसन्त छन्त्याल(३०), सोही ठाउँका जिप चालक नन्द छन्त्याल, कौसभा पाइजा(५०), ठगकुमारी शेर्रपुजा (४०), सिर्जना शेर्रपुजा (२४), दीवा शेर्रपुजा (२३), इच्छा शेर्रपुजा (७), दिक्षा शेर्रपुजा (८) र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन (४२) रहेका छन् ।

Advertisement
Advertisement

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम बेनीदेखि करिब १ किलोमिटर उत्तर बेनी–बेनी जोमसोम सडकखण्डमा पर्छ । हालसम्म दुर्घटनाको कारण नखुलेकाे प्रहरीले जनाएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top