मखानखेती लोप हुँदै

१४ कात्तिक ७७, शुक्रबार

१४ कात्तिक, जलेश्वर ।

Advertisement

मिथिला क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत तथा सम्मानको प्रतीक मानिएको मखानखेती महोत्तरीबाट लोप हुन थालेको छ ।

यहाँ किसानहरूले आम्दानीका लागि खुला ठाउँमा पोखरी बनाई माछा पाल्न थालेपछि मखानखेती लोप हुन थालेको हो । चाडपर्व, पूजाआजा, विवाह व्रतवन्धजस्ता शुभकार्यका साथै श्राद्ध कर्ममा समेत मिथिलामा मखानाको प्रयोग हुन्छ । मखाना आय आर्जन गर्ने माध्यम मात्रै नभै मिथिलाको संस्कृति पनि भएको संस्कृतिविद्हरू बताउँछन् ।

Advertisement

मिठो खाद्य पदार्थको रुपमा रहेको मखान भारतबाट समेत आयात हुन थालेकाले राज्यलाई व्यापक घाटा भइरहेको छ । यसको खेती नभएर जिल्लाको मलाह जातिको रोजगारीसमेत गुम्न थालेको मलाह जातिका नेता राम उदिश मुखियाले बताए।

केही वर्ष अघिसम्म मात्रै मखानको बजारमा वृद्धि हुन थालेपछि उनीहरु मखान खेती गरी राम्रो आम्दानी लिन अग्रसर भएका थिए । तर किसानले आम्दानी बढाउनका लागि पोखरीमा माछापालन गर्न थालेकाले यसको खेती लोप हुनथालेपछि उनीहरुको पेशा सङ्कटमा परेको जलेश्वरका मलाह खेलावन मुखियाले बताए ।

Advertisement

विशेषगरी पोखरी तलाउमा गरिने मखान खेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परेपनि पछि थोरै मेहनतमा प्रशस्त लगातार आयआर्जन गर्न सकिन्छ । मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर पानी बाहिर निकाल्छन् र घाममा सुकाउँछन् । त्यसपछि आगोमा भुटेर लावा तयार गरी बेच्छन् ।

मखानखेती जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर, वरदाहा, रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिकालगायत दर्जनौ गाउँमा करिब ५०० वटा जति पोखरीमा हुने गरेकामा अहिले सबै पोखरीमा माछा पाल्न थालिएको छ । जिल्लामा अहिले पनि कुनै कुनै स्थानमा थोरै भएपनि मखानखेती हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका सदस्य शिवचन्द्र चौधरीले बताए ।

मिथिलामा कोजाग्रत पूर्णिमाका दिन हजारौं किलो मखानको बिक्री हुने गर्दछ । दीपावली र छठ पर्वलगायत विभिन्न पूजापाठमा पनि मखानको विशेष महत्व रहेको छ ।

महोत्तरीमा पछिल्लो दिनमा मखानखेतीमा कमी आएपछि आउँदा दिनमा यस क्षेत्रमा मखानको अभाव हुने र यसबाट जिल्लाावासीमा नराम्रो असर पर्ने सर्वसाधारणको भनाइ छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top