देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

१४ कात्तिक ७७, शनिबार

१५ कार्तिक, विराटनगर ।
नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका हुन् ।

“अहिलेको विश्व व्यापीकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु मानव अधिकारको विषय हो, मानव अधिकारको आधारभूत विषयलाई सबै देशले सम्मानका साथ लागू गर्नुपर्छ”, अध्यक्ष ढुङ्गानाले भने ।

Advertisement

नेविसङ्घका महामन्त्री दिपक भट्टराईले भारतको शिक्षालयमा अध्ययनरत नेपाली विद्यार्थीमाथि लक्षित गरी गरिएको आक्रमण निन्दनीय भएको बताए । देहरादून घटनाले विश्वभर छरिएर रहेका नेपाली विद्यार्थीलाई गम्भीर बनाएको उनको भनाइ छ ।

विश्वभर छरिएर रहेका नेपाली विद्यार्थीमाथि हुने कुनै प्रकारको अभद्र व्यवहार नेविसङ्घलाई सह्य नहुने महामन्त्री भट्टराईले बताए ।

Advertisement

नेविसङ्घले देशको भविश्य सुनौलो बनाउने सपनाका साथ स्वदेश तथा विदेशमा अध्ययन गरिरहेका विद्यार्थीलाई सबै किसिमको सुरक्षा प्रदान गर्न सरकारसँग माग समेत गरेको छ । (रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top