मन्त्री आङवोलाई रंगशाला समितिको ज्ञापन

१ जेठ ७५, बुधबार

दमक, २ जेठ ः झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रंगशाला तथा स्मृति पार्क प्रतिष्ठानले सुविधासम्पन्न रंगशालासहित स्मृति पार्क निर्माणका लागि प्रदेश सरकारसँग सहयोगको माग गरेको छ ।

प्रतिष्ठानको नेतृत्व टोलीले मंगलबार १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोलाई भेटेर रंगशालाको भोगाधिकारसहित बजेटको माग गरेको हो । मन्त्री आङ्वोलाई प्रतिष्ठानका तर्फबाट अध्यक्ष हुकुमसिंह राईले ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउँदै अध्यक्ष राईले निर्माणाधीन आदिवासी रंगशालालाई पहिचानसँगै विकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । उनले आदिवासी, जनजातिको समाधिस्थल नष्ट गरेर रंगशाला बनाउने कार्यलाई पूर्णता दिन मन्त्री आङ्वोसँग माग गरेका थिए ।

Advertisement

ज्ञापनपत्र बुझ्दै मन्त्री राईले प्रस्तावित योजनाअनुसारनै रंगशाला निर्माण गर्न प्रदेश सरकारले प्राथमिकता दिएको बताए । उनले केन्द्र र प्रदेश सरकार मिलेर देशकै सर्वोत्कृष्ट रंगशाला बनाउन सबैको सहमतिमा रंगशालाको कामले गति लिने विश्वास दिलाए।

त्यस क्रममा प्रतिष्ठानका उपाध्यक्ष पदम जवेगु, महासचिव दिपेनवाला राई, सदस्यद्वय चन्द्रकला सुब्बा, विष्णु भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top