×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

भारतीय सेनाध्यक्ष नरवणे आज आउँदै

१९ कार्तिक २०७७

१९ कात्तिक, काठमाडौँ ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौँ आउँदै छन्। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा ‘मानार्थ महारथी (दर्जा) सम्मान’ ग्रहण गर्न भारतीय स्थलसेनाध्यक्ष नरवणे नेपाल आउन लागेका हुन्।

Advertisement
Advertisement

कात्तिक १९ देखि २१ गतेसम्मका लागि तय गरिएको तीन दिवसीय भ्रमण टोलीमा स्थलसेनाध्यक्ष नरवणेसहित चार सदस्यीय टोली रहने छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाका परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीबाट कात्तिक २० गते बिहीबार दिउँसो स्थलसेनाध्यक्ष नरवणेलाई विशेष कार्यक्रमका बीच नेपाली सेनाको ‘मानार्थ महारथी सम्मान’ प्रदान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग सेनाध्यक्षको शिष्टाचार भेट कार्यक्रम तय गरिएको छ । त्यसअघि उनले नेपाली सेनाका प्रधानसेनापति थापासँग शिष्टाचार भेटवार्ता र शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा अध्ययनरत शिक्षार्थी सैनिक अधिकृतहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । भारत स्वतन्त्र भएसँगै सन् १९५० बाट सुरु भएको नेपाली सेना र भारतीय सेनाबीचको ‘मानार्थ महारथी सम्मान’ आदान–प्रदान कार्यक्रम करिब ७० वर्ष अघिदेखि निरन्तर चल्दै आएको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेल यो सम्मान आदान–प्रदानले नेपाल–भारतबीचको सैनिक तथा कूटनीतिक सम्बन्धलाई उचाइमा पु¥याउन सहयोग पुगेको बताउँछन् । कालपानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादका कारण दुई देशबीच तिक्तता बढिरहेको बेला नरवणेको भ्रमणले दुई देशको राजनीतिक र कूटनीतिक तहमा लागेको ग्रहण केही हदसम्म हट्ने अपेक्षा लिइएको छ ।

प्रधानसेनापति थापा गतवर्ष नै भारतीय सेनाको मानार्थ महारथी सम्मानबाट सम्मानित भइसकेका छन्। भारतमा जल, थल (स्थल) र वायु गरी तीन किसिमका सेना छन् तर स्थल सेनाध्यक्षलाई मात्र मानार्थ महारथी सम्मान प्रदान गरिँदै आएको छ ।

भारतलाई उपनिवेश बनाई शासन सञ्चालन गरिरहेका तत्कालीन ब्रिटिस सैनिक (ब्रिटिस इस्ट इन्डिया कम्पनी) शासक र नेपालका राणाबीच मानार्थ सम्मान लिने–दिने परम्परा सुरु भएको इतिहास छ । सैनिक इतिहासकार पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यातका अनुसार वीर शमशेरका पालादेखि नेपाली युवालाई सरकारले नै गाउँ–गाउँमा पुगेर ब्रिटिस इन्डियाको सेनामा भर्ती सुरु गरेको थियो ।

Advertisement

सन् १९४७ अर्थात् वि.सं. २००४ मा भारत स्वतन्त्र भएपछि पनि सेनाको नेतृत्व गरिरहेका जनरल लर्ड माउन्ट बेटनले भारत सरकारलाई नेपालसँग जनरल पदवी आदान–प्रदानको चलन कायम राख्न सुझाएका थिए । भारत स्वतन्त्र भएलगत्तै नेपालमा पनि राणा शासनको अन्त्य भई प्रजातन्त्रको उदयसँगै सन् १९५० बाट दुवै देशका सरकार प्रमुखले लिँदै आएको मानार्थ सम्मान सैनिक प्रमुखलाई दिन थालिएको जानकारी डा. बस्न्यातले दिए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top