×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

जलविद्युत्को ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना

२० कार्तिक २०७७

२० कार्तिक, बागलुङ ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ । अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चार ठूला आयोजना सञ्चालनको तयारी थालिएको छ ।

Advertisement

मध्यताराखोला जलविद्युत् आयोजना निर्माण शुरु भइसकेको छ भने अन्य तीन जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेका छन् । पछिल्लो समय ताराखोला जलविद्युत्को ‘हव’ बन्दै गइरहेको छ ।

साना लघु जलविद्युत्को भरमा रहेको ताराखोलाको अधिकांश भागमा केन्द्रिय विद्युत् नपुगेको समयमा ताराखोलामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

केन्द्रिय प्रसारण लाइनमा जोड्ने गरी मध्यताराखोला जलविद्युत् आयोजना २।२ मेगावाटको निर्माण कार्य चलिरहेको आयोजनाका प्रबन्ध निर्देशक अनिल खड्काले बताए ।

ताराखोला गाउँपालिका–५ करिमेलामा ताराखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन थालेपछि सोही ठाउँदेखि तल मध्यतारा जलविद्युत् आयोजनाको निर्माण शुरु भएको हो ।

गत वर्षको माघदेखि शुरु भएको आयोजनाको निर्माण कोरोनाका कारण बीचमा रोकिएको थियो । अहिले दशैँ तिहारको बीचमा समेत आयोजनमा २५ जना कामदारले निरन्तर काम गर्दै आएको खड्काको भनाइ छ ।

आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै खड्काले यही वर्षभित्र उत्पादन दिने गरी आयोजना निर्माण गर्ने लक्ष्य लिएको बताए । विसं २०६९ मा लाइसेन्स प्राप्त गरेको आयोजानाले हाल आएर धमामध काम थालेको हो ।

उक्त आयोजनाले ताराखोला, छेल्लर र नागबेली खोलालाई एउटै बाँधमा मिसाएर उक्त पानीलाई १२६ मिटर तल खसालेर विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाको कुल लागत रु २६ करोड रहेको छ । आयोजनामा प्रभु बैंकसहित अन्य १० जनाले लगानी गरिरहेका छन् ।

“मध्यताराखोला जलविद्युत् आयोजनाले गति लिएको छ भने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ”, खड्काले भने, “हामी एउटै बाँधमा दुई आयोजना जोडेर निर्माण गर्ने गरी अगाडि बढ्दै आएका छौँ ।”

स्थानीय पायोजनका लागि निर्माण गरिएको ताराखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् खपत नभएपछि केन्द्रिय प्रसारण लाइनमा समेत जोड्न थालिएको छ । अहिले मध्यतारा जलविद्युत् आयोजनाको पाइपलाइन निर्माण भइरहेको स्थानीय लगानीकर्ता धनबहादुर विकले जानकारी दिए ।

एउटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी निस्केको पानीलाई सोझै अर्को विद्युत्गृहमा हाल्ने (क्यासकेट प्रोजेक्ट) प्रविधिअन्तर्गत चारै आयोजना निर्माण गरिनेछ ।

आयोजना जोडेर निर्माण गर्दा आयोजनाको शुरुको आयोजनामा मात्रै बाँध निर्माण गर्नुपर्ने भएकाले लागत घटेर जानेछ । आयोजनामा उत्पादन भएको विद्युत् केन्द्रिय प्रसारण लाइनअन्र्तगत हरिचौर सवस्टेशनमा जोडिनेछ ।

मध्यतारा जलविद्युत् आयोजनामा विद्युत् उत्पादन भएर आएको पानीमा तल्लो ताराखोला जलविद्युत् आयोजना ३.५ मेगावाट निर्माण गर्नका लागि प्रक्रिया शुरु भएको छ । यस्तै यही आयोजनाका लगानीकर्ताले मध्यदरमखोला ‘ए’ जलविद्युत आयोजना र मध्यदरमखोला जलविद्युत आयोजना ‘बी’ समेत निर्माण गर्नेछ ।

मध्यदरमखोला समेत एउटै बाँधबाट दुई आयोजना निर्माण हुनेछन् । मध्यदरम ‘ए’ तीन मेगावाट र मध्यदरम ‘बी’ ४.५ मेगावाट क्षमताको हुनेछ ।

ताराखोलामा जलविद्युत् आयोजना निर्माणले गति लिएपछि स्थानीयवासीहरुको समेत लगानी हुने भएकाले आर्थिक समृद्धि हुने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।(रासस)

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top