×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

३ चैत्र २०८२

३ चैत , काठमाण्डौ ।

अफगानिस्तान र पाकिस्तानबीच सीमा क्षेत्रलाई लिएर सुरु भएको तनाव भीषण युद्धको अवस्थामा परिणत भएको छ। अफगानिस्तानको राजधानी काबुलमा सोमबार राति पाकिस्तानले गरेको भीषण हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४०० पुगेको छ।

Advertisement
Advertisement

अफगानिस्तान सरकारका उप–सरकारी प्रवक्ता हमदुल्लाह फितरतले मंगलबार बिहान जानकारी दिँदै काबुलमा लागुऔषध सेवनकर्ताको उपचार भइरहेको अस्पतालमा पाकिस्तानले हवाई हमला गरेको बताएका छन्। उक्त आक्रमणमा हालसम्म ४०० जनाको मृत्यु पुष्टि भएको छ भने भग्नावशेषबाट मानिसहरूलाई निकाल्ने काम अझै जारी रहेको छ।

फितरतका अनुसार सोमबार राति भएको आक्रमणमा अस्पताल भवनको ठूलो भाग पूर्ण रूपमा ध्वस्त भएको छ। हालसम्म २५० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी पनि उनले दिएका छन्। उद्धार टोलीले भवनमा लागेको आगो नियन्त्रणमा लिन र भग्नावशेषबाट पीडितका शव निकाल्न प्रयास गरिरहेका छन्।

तर पाकिस्तानले अस्पताललाई निशाना बनाएको आरोप अस्वीकार गरेको छ। पाकिस्तानका अनुसार सोमबार काबुल र पूर्वी अफगानिस्तानमा गरिएको आक्रमणमा कुनै पनि नागरिक संरचनामा क्षति पुगेको छैन। पाकिस्तानले आफ्नो निशाना केवल आतङ्ककारी समूहहरू रहेको दाबी गरेको छ।

सोमबार दुवै देशबीच सीमामा भीषण गोलीबारी भएपछि उक्त हवाई आक्रमण गरिएको बताइएको छ। अफगानिस्तानमा सत्तामा रहेको तालिबान सरकारले भने यसलाई आफ्नो देशको सार्वभौमिकता र सीमाको उल्लंघन भएको भन्दै यसको जवाफ दिने चेतावनी दिएको छ।

दुई छिमेकी देशबीच जारी घातक संघर्ष अहिले तेस्रो सातामा प्रवेश गरेको छ। तालिबान स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले लागुऔषध पुनस्र्थापना अस्पतालको ठूलो भाग पूर्ण रूपमा नष्ट भएको बताएका छन्। आक्रमणपछि धेरै घण्टासम्म दमकलकर्मीहरूले भग्नावशेषमा लागेको आगो निभाउने प्रयास गरिरहेका थिए।

अफगानिस्तान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले अस्पतालका बिरामीमाथि गरिएको आक्रमणलाई बर्बरतापूर्ण कार्य भनेका छन्।यता पाकिस्तानको सूचना मन्त्रालयले भने आक्रमणमा सैन्य अड्डा र आतङ्ककारी संरचनालाई सटीक रूपमा निशाना बनाइएको जनाएको छ।

मन्त्रालयका अनुसार अफगान तालिबानसँग सम्बन्धित प्राविधिक उपकरण र गोला–बारुद भण्डारका साथै काबुल र नान्गारहारमा रहेका पाकिस्तानविरुद्ध सक्रिय आतङ्ककारीहरूलाई पनि निशाना बनाइएको थियो। पाकिस्तान सरकारले उक्त कारबाही अत्यन्त सावधानीका साथ गरिएको दाबी गर्दै कुनै अतिरिक्त क्षति हुन नदिने प्रयास गरिएको जनाएको छ।

साथै अफगानिस्तानले अस्पतालमा आक्रमण भएको दाबी गरेको कुरा झुटो र भ्रामक भएको बताउँदै जनताको भावनालाई उक्साउने र वास्तविकता लुकाउने प्रयास गरिएको आरोप पनि लगाएको छ। तालिबानका अनुसार पाकिस्तानी सैन्य शासनले काबुलको पुल–ए–चरखी क्षेत्रमा रहेको लागुऔषध पुनस्र्थापना (नशा मुक्ति) अस्पताललाई निशाना बनाएको हो।

उक्त आक्रमणपछि अस्पताल पूर्ण रूपमा ध्वस्त भएर भग्नावशेषमा परिणत भएको छ र धेरै मानिसको मृत्यु भएको आशंका गरिएको छ। घटनास्थलमा तालिबान र अन्य उद्धार निकायहरूले घाइते तथा फसेका व्यक्तिहरूलाई निकाल्ने काम गरिरहेका छन्। यस आक्रमणको भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ, जसमा विस्फोटपछि आगोका लप्का उठिरहेको देखिन्छ।

आक्रमणपछि अफगानिस्तानको इस्लामिक अमिरातका प्रवक्ता जबीहुल्लाह मुजाहिदले एक्समा लेख्दै पाकिस्तानी सैन्य शासनले फेरि अफगानिस्तानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएका छन्। उनले यस पटक नशा मुक्ति अस्पताललाई निशाना बनाइएको र त्यहाँ उपचार गराइरहेका धेरै सर्वसाधारण नागरिकको मृत्यु तथा घाइते भएको बताएका छन्।

उनले उक्त घटनाको कडा निन्दा गर्दै यसलाई सबै मान्य सिद्धान्तविरुद्ध र मानवताविरुद्धको अपराध भएको बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफका प्रवक्ता मोशरफ जैदीले आरोपलाई निराधार भन्दै काबुलको कुनै पनि अस्पतालमा आक्रमण नगरिएको दाबी गरेका छन्।

अफगानिस्तानको रक्षा मन्त्रालयले भने जवाफी कारबाहीस्वरूप खैबर पख्तूनख्वाको दक्षिण वजीरिस्तान क्षेत्रको वाना इलाकामा पाकिस्तानको एक सैन्य शिविरमाथि लक्षित ड्रोन हमला गरेको दाबी गरेको छ। मन्त्रालयका अनुसार इस्लामाबादले कन्धार प्रान्तमा रातभर गरेको हवाई आक्रमणको जवाफस्वरूप उक्त हमला गरिएको हो।

अफगानिस्तानको समाचार एजेन्सी खामा प्रेसका अनुसार उक्त ड्रोन आक्रमणमा पाकिस्तानको स्पेशल सर्विस ग्रुप (एसएसजी) कमाण्डोले प्रयोग गर्ने संरचना र अन्य सैन्य अड्डाहरूलाई निशाना बनाइएको थियो। मन्त्रालयले यस आक्रमणबाट पाकिस्तानी सेनालाई ठूलो क्षति र जनधनको हानि भएको दाबी गरेको छ।

यसअघि पाकिस्तानी सेनाले अफगानिस्तानको कन्धार प्रान्तका केही क्षेत्रमा रातको समयमा हवाई हमला गरेको थियो। इस्लामाबादले उक्त कारबाही सीमावर्ती क्षेत्रमा रहेका आतङ्ककारी अड्डाहरूलाई निशाना बनाउन गरिएको जनाएको थियो।पछिल्ला घटनाक्रमले सीमावर्ती क्षेत्रमा अस्थिरता बढ्दै गएको संकेत गरेको छ।

यदि यस्ता आक्रमण जारी रहे भने पाकिस्तान र अफगानिस्तानबीच तनाव अझै बढ्ने चिन्ता व्यक्त गरिएको छ। गत साता अफगान सरकारका उप–प्रवक्ता हमदुल्लाह फितरतले पाकिस्तानको हवाई आक्रमणमा काबुलमा चार जनाको मृत्यु र २५ जना घाइते भएको बताएका थिए।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top