×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा विहानैदेखि पसे दजर्नाैं डोजर,यसरी भत्काइँदैछ बस्ती || Nepal Times
May 01, 2026
Playing
बुद्ध जयन्तीमा प्रधानमन्त्रीको शुभकामना सन्देश, यात्रा ज्ञानको खोजमा|| Nepal Times
May 01, 2026
Playing
आजदेखि यी ठाउँमा चल्दैछ डोजर, पहिला सुकुम्वासी पहिचान अनि व्यवस्थापन|| Nepal Times
May 01, 2026
Playing
ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?|| Nepal Times
May 01, 2026
Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

१८ बैशाख २०८३

१८ वैशाख, काठमाण्डौ।

करिब तीन वर्षको कठोर जेल जीवन, बाहिरी संसारबाट पूर्णतः सम्पर्क विच्छेद र अचानक एउटा खबर आउँछ– म्यान्मारकी प्रजातन्त्रवादी नेत्री, नोबेल शान्ति पुरस्कार विजेता आङ सान सू चीलाई जेलबाट सारेर नजरबन्दमा राखिएको छ। तर, के यो वास्तवमै उनको स्वतन्त्रता तर्फको पहिलो पाइला हो?

Advertisement
Advertisement

या म्यान्मारको सैन्य जुन्टा सरकारले विश्वलाई झुक्याउन चालेको अर्को कुनै रणनीतिक चाल? आज हामी म्यान्मारबाट आएको यो सनसनीपूर्ण खबर, यसको भित्री पाटो र सू चीको रहस्यमय अवस्थाको विश्लेषण गर्नेछौँ । म्यान्मारको सैन्य सरकारले हालै एउटा घोषणा गर्यो। घोषणा अनुसार, थुनामा रहेकी ८० वर्षीया नेत्री आङ सान सू चीलाई राजधानी नेपिदअस्थित जेलबाट सारेर घरमै नजरबन्दमा राखिएको छ।

यति मात्र होइन, सैन्य नेता जनरल मिन आङ ह्लाइङले सू चीको सजायलाई घटाएर १८ वर्षमा झारिएको दाबी गरेका छन्। सम्झिनुहोस्, सन् २०२१ को फेब्रुअरीमा सैन्य कू मार्फत सत्ता कब्जा गरेपछि सेनाले सू चीमाथि विभिन्न १९ वटा आरोप लगाएको थियो, जसमा उनलाई कुल ३३ वर्षको जेल सजाय सुनाइएको थियो। अहिले त्यो सजाय घटाउने घोषणा गरिएको छ।

सरकारी सञ्चारमाध्यमले एउटा तस्बिर पनि सार्वजनिक गरेका छन्, जहाँ सू ची दुई जना बर्दीधारी सैनिक अधिकारीको बीचमा बसिरहेकी देखिन्छिन्। यो खबर सुन्दा सुरुमा सुखद लागे पनि, सू चीको परिवार र समर्थकहरू यसलाई विश्वास गर्न तयार छैनन्। सू चीका छोरा किम एरिस, जो बेलायतमा बस्छन्, उनले यो घोषणाप्रति कडा आपत्ति र शंका व्यक्त गरेका छन्।

किमले बीबीसीसँग कुरा गर्दै भनेका छन्, “त्यो तस्बिरको कुनै अर्थ छैन। त्यो चार वर्ष पुरानो तस्बिर हो।“ किमको दाबी छ कि उनकी आमा जीवित छिन् कि छैनन् भन्ने कुरामा उनी अझै आश्वस्त छैनन्। उनले सैन्य सरकारलाई विश्वास गर्न नसकिने बताउँदै भनेका छन्, “जबसम्म म आफ्नी आमासँग सिधै कुरा गर्न पाउँदिनँ वा कुनै स्वतन्त्र निकायले उनको अवस्था पुष्टि गर्दैन, तबसम्म म यी दाबीहरूलाई मान्नेवाला छैन।“

एउटा छोराले आफ्नी आमाको अवस्थाबारे वर्षौँदेखि कुनै जानकारी पाएका छैनन् । उनको कानुनी टोलीले समेत उनलाई विगत तीन वर्षदेखि भेट्न पाएको छैन। यस्तो अवस्थामा सेनाले जारी गरेको एउटा तस्बिर र प्रेस विज्ञप्तिले कति विश्वास दिलाउला? आङ सान सू ची म्यान्मारका लागि केवल एक नेत्री मात्र होइनन्, उनी प्रजातन्त्रको एउटा प्रतीक हुन् ।

म्यान्मारका स्वतन्त्रता सेनानी जनरल आङ सानकी छोरी सू चीले आफ्नो जीवनको ठूलो हिस्सा सैन्य शासन विरुद्धको संघर्षमा बिताएकी छन् । यसअघि पनि उनले १५ वर्षभन्दा बढी समय आफ्नै घरमा नजरबन्दमा बिताएकी थिइन्। सन् २०१५ मा जब म्यान्मारमा लोकतान्त्रिक सुधार भयो, उनी सत्तामा आइन्।

तर, म्यान्मारको संविधान यस्तो छ कि त्यहाँ सेनाको शक्ति सधैँ हावी रहन्छ। सन् २०२१ मा जब सू चीको पार्टीले चुनावमा भारी बहुमत ल्यायो, सेनाले ’धाँधली भएको’ आरोप लगाउँदै सत्ता कब्जा गर्यो र उनलाई अज्ञात स्थलमा थुन्यो ।
म्यान्मारको सैन्य सरकार अहिले विश्वभरबाट एक्लिएको छ। पश्चिमा देशहरूले कडा प्रतिबन्ध लगाएका छन्।

आफ्नो छवि सुधार्न र केही हदसम्म प्रतिबन्धहरू खुकुलो बनाउन सेनाले यो ’मानवीय कार्ड’ खेलेको हुन सक्ने विश्लेषण गरिएको छ। अहिले म्यान्मारभित्र सेनाले ठूलो चुनौतीको सामना गरिरहेको छ। विभिन्न जातीय सशस्त्र समूह र ’पिपुल्स डिफेन्स फोर्सले देशका धेरै भागमा सेनालाई पराजित गरिरहेका छन्। सेनाको मनोबल गिरेको छ।

यस्तोमा जनताको आक्रोश कम गर्न पनि सू चीलाई अगाडि सार्ने रणनीति बनाएको बताइन्छ । सैन्य सरकारले यसै वर्ष निर्वाचन गराउने योजना पनि बनाएको छ। त्यो निर्वाचनलाई वैधानिकता दिन उनीहरूले सू चीको नाम प्रयोग गर्न खोजेको समेत विश्लेषण गरिएको छ ।  आङ सान सू चीको व्यक्तित्व निकै जटिल छ। एक समय उनी विश्वकै सबैभन्दा सम्मानित ’मानवाधिकार आइकन’ थिइन्।

सन् १९९१ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइयो। तर, सन् २०१७ मा जब म्यान्मारको सेनाले मुस्लिम रोहिंग्या समुदायमाथि दमन गर्यो, सू चीले अन्तर्राष्ट्रिय न्यायालयमा सेनाको बचाउ गरिन्। त्यो निर्णयले उनको अन्तर्राष्ट्रिय छविमा ठूलो धक्का लाग्यो । धेरैले उनको नोबेल पुरस्कार फिर्ता माग्नेसम्मका कुरा गरे।

तर, म्यान्मारका आम जनताका लागि भने उनी अझै पनि आमा नै हुन्। उनीप्रति जनताको भरोसा अझै टुटेको छैन, जुन कुराले सेनालाई सधैँ डराउने बनाउँछ।सू ची अहिले ८० वर्ष पुगिन्। उनको स्वास्थ्य अवस्थाबारे धेरै चिन्ताहरू छन्। सेनाले उनलाई घर सारेको त भनेको छ, तर उनलाई कसैसँग भेट्न अनुमति दिइएको छैन।

न त उनले आफ्ना वकिलहरूलाई नै भेट्न पाएकी छन्। अहिलेको अवस्था हेर्दा, म्यान्मारको संकट यति सजिलै टर्ने देखिँदैन। एकातिर सैन्य दमन छ भने अर्कोतिर आफ्नो स्वतन्त्रताका लागि लडिरहेका युवाहरू। सू चीको जेलबाट घर फिर्ती केवल स्थान परिवर्तन मात्र हो कि अवस्था परिवर्तन?

Advertisement

यसको जवाफ अझै गर्भमै छ। तर एउटा कुरा स्पष्ट के छ भने म्यान्मारका जनता अब केवल सू चीको रिहाइले मात्र शान्त हुनेवाला छैनन्। उनीहरूले रगत बगाएर संघीय प्रजातन्त्रको सपना देखिसकेका छन्। यदि सैन्य सरकारले यो कदम विश्वलाई आँखा छल्नका लागि मात्र चालेको हो भने, यसले म्यान्मारको आगोलाई झन् दन्काउन सक्ने विश्लेषण गर्न थालिएको छ ।

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

सम्बन्धित खबरहरु

Scroll to Top