×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

१७ बैशाख २०८३

१७ वैशाख , काठमाण्डौ ।

राजनीति साँच्चै अनौठो छ—कहिले त्यही व्यक्ति महान् देखिन्छ, कहिले त्यही व्यक्ति आलोचनाको केन्द्रमा पुग्छ। समय, सन्दर्भ र स्वार्थका घुम्तीहरूमा मानिसहरू मात्र होइन, विचार र सम्बन्धहरू पनि बदलिँदै जान्छन् । हिजो एउटै मञ्चमा उभिएर एउटै आवाजमा नारा लगाउनेहरू आज एक–अर्काविरुद्ध उभिएका देखिन्छन् ।

Advertisement
Advertisement

हिजो जसलाई उचालियो, आज उसैलाई झार्ने खेल सुरु हुन्छ। नेपाली कांग्रेसको पछिल्लो घटनाक्रमले यही यथार्थलाई झन् प्रस्ट पारेको छ । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति कहिल्यै पनि सरल र सीधा रेखामा चलेको छैन । समूह, उपसमूह, गुट, उपगुट—यी सबै शब्दहरू यहाँको राजनीतिक शब्दकोशका अभिन्न अंग जस्तै भइसकेका छन्।

१३औँ महाधिवेशनताका देखिएको शक्ति संघर्ष त्यसको एउटा महत्वपूर्ण अध्याय थियो। त्यो बेला पार्टीभित्र तीन मुख्य धार स्पष्ट रूपमा देखिएका थिए—शेरबहादुर देउवाको संस्थापन समूह, रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूह। यी तीनै धारबीचको प्रतिस्पर्धा केवल नेतृत्वको लडाइँ मात्र थिएन, यो पार्टीभित्रको भावी शक्ति सन्तुलन निर्धारण गर्ने निर्णायक मोड पनि थियो।

त्यो समय कृष्णप्रसाद सिटौला सभापतिका प्रत्याशी बनेका थिए । उनको समूहबाटै सिटौंलालाई आफ्ना अभिभावक र नेता मान्दै गगनकुमार थापा महामन्त्री पदका उम्मेदवार बने। गगन त्यसबेला युवापुस्ताको प्रतिनिधित्व गर्ने ऊर्जावान नेताका रूपमा उदाउँदै थिए। तर चुनावी परिणामले दुवैलाई निराश बनायो—दुवै पराजित भए।

राजनीति यति मात्रमा रोकिएन। पराजयपछि पनि सम्बन्धहरू कायम रहे। सिटौलाकै सिफारिसमा गगन थापा स्वास्थ्य मन्त्री बने, जसले उनीहरूबीचको विश्वास र सहकार्यलाई थप मजबुत बनायो।तर राजनीति स्थायी मित्रता र स्थायी दुश्मनीको खेल होइन भन्ने भनाइ यहाँ पनि लागू भयो।

समय बित्दै जाँदा सम्बन्धहरूमा दरार देखा पर्न थाल्यो। १४औँ महाधिवेशनसम्म आइपुग्दा त्यो दरार स्पष्ट रूपमा देखियो। गगन थापा अब सिटौला समूहबाट अलग भइसकेका थिए। उनी आफूलाई पार्टीको नेतृत्वमा देख्न थालिसकेका थिए । उनले डा. शेखर कोइराला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिए।

१४औँ महाधिवेशनमा शेखर कोइराला सभापतिमा पराजित भए, तर गगन थापाले महामन्त्रीमा विजय हासिल गरे। उता सिटौला पुनः सभापति पदका उम्मेदवार बने, तर सफल हुन सकेनन्। उनको समूहबाट प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार बने पनि पराजित भए। यसरी, पुराना सहयात्रीहरू फरक–फरक बाटोमा हिँड्न थाले।

समय फेरि घुम्यो। अहिलेको अवस्थामा आइपुग्दा गगन थापा पार्टीको सभापति बनेका छन् भने प्रदीप पौडेल महामन्त्रीको जिम्मेवारीमा छन्। सत्ता र शक्तिको केन्द्रमा पुगेपछि निर्णयहरू पनि फरक प्रकृतिका हुन थाल्छन्। केही दिनअघिसम्म शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा चिनिएका भीष्म आङदेम्बे नेपाली कांग्रेस संसदीय दलको नेता बने।

यही परिवर्तनले पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ अध्याय थप्यो। तर सबैभन्दा बढी चर्चा कमाएको घटना भनेको कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेताबाट हटाउनु हो। यो निर्णय केवल एउटा पद परिवर्तनको विषय मात्र थिएन; यसले पार्टीभित्रको गहिरो अन्तरविरोधलाई सतहमा ल्यायो।

सिटौलालाई हटाउनु पर्ने ठोस कारण सार्वजनिक रूपमा प्रस्तुत गरिएको छैन। उनको कार्यक्षमता, अनुभव र योगदानमाथि कुनै गम्भीर प्रश्न उठाइएको छैन । उनी पार्टीका पुराना, त्यागी नेतामध्ये एक मानिन्छन् । यही कारणले यो निर्णयलाई धेरैले राजनीतिकभन्दा पनि व्यक्तिगत र गुटीय निर्णयका रूपमा व्याख्या गर्न थालेका छन् ।

सिटौलालाई हटाएर कमला पन्तलाई उक्त जिम्मेवारी दिइनु केवल औपचारिक नियुक्ति मात्र होइन,यो शक्ति प्रदर्शनको संकेत पनि हो। यसले पार्टीभित्रको ध्रुवीकरणलाई अझ तीव्र बनाएको छ ।राजनीतिमा व्यक्तिगत सम्बन्ध र क्षेत्रीय समीकरणको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यहाँ पनि देखिन्छ ।

गगन थापाका निकट सहयोगी मानिने उपसभापति विश्वप्रकाश शर्मा पनि झापाकै हुन्। सिटौला र शर्माबीचको पुरानो प्रतिस्पर्धा र मतभेद पनि यस निर्णयको पृष्ठभूमिमा रहेको चर्चा छ। यद्यपि औपचारिक रूपमा कसैले यसलाई स्वीकार गर्दैन, तर राजनीतिभित्रका सूक्ष्म सन्देशहरू प्रायः यस्तै सम्बन्धहरूबाट बुझिन्छन्।

हुन त गगनको नेतृत्वमा भएको विशेष महाधिवेशनको चर्को विरोध गर्ने मध्येका कृष्णप्रसाद सिटौला थिए। त्यसैले गगन जसरी पनि उनलाई हटाउन चाहन्थे भन्ने चर्चा छ। सभापति थापाले ससुरालाई दलको नेता नबनाएपछि ससुराकै सिफारिसमा वासना थापालाई प्रमुख सचेतक बनाइएको बताइन्छ।

गगनले भीष्म आङदेम्बेलाई दलको नेता बनाउँदा राष्ट्रिय सभा दलको नेताबाट सिटौलालाई हटाउने र प्रमुख सचेतकमा वासनालाई बनाउने सहमति भएको दाबी गरिएको छ। यो घटनाले नेपाली कांग्रेसभित्र लामो समयदेखि बढ्दै आएको कलहलाई नयाँ उचाइमा पु¥याएको छ। पहिले गुटगत प्रतिस्पर्धा सीमित दायरामा देखिन्थ्यो, अहिले त्यो विभाजनतर्फ उन्मुख हुने संकेत देखिन थालेका छन्।

पार्टीभित्र दुई स्पष्ट धार बन्ने सम्भावना बढ्दै गएको छ—एक पक्ष वर्तमान नेतृत्वको पक्षमा, अर्को पक्ष असन्तुष्ट समूहको रूपमा मात्र होइन, बेला–बेला समानान्तर गतिविधि समेत देखिन थालेका छन्। विशेष महाधिवेशनबाट उदाएका गगन तथा शेरबहादुरको साथमा अघि बढेका पूर्णबहादुर खड्का र बेला–बेला शेरबहादुर क्याम्पतिरै देखिने डा. शेखर कोइरालाका यतिबेला छुट्टाछुट्टै समूह छन्।

हुन त राष्ट्रिय सभामा दलको नेता र सचेतक परिवर्तन पार्टीको निर्णयलाई सहज रूपमा लागू गर्नका लागि गगनले गरेका हुन सक्छन्। तर जे मनसायले गरिएको भए पनि कांग्रेसलाई सग्लो राख्नका लागि यो निर्णय घातक बन्न सक्छ। नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टीमा आन्तरिक लोकतन्त्रको प्रश्न सधैं उठ्ने गरेको छ।

निर्णय प्रक्रियामा पारदर्शिता र सहमतिको अभाव देखिँदा असन्तुष्टि बढ्नु स्वाभाविक हो। सिटौला प्रकरणले यही प्रश्नलाई फेरि एकपटक उठाएको छ। राजनीतिमा सम्मान र असहमति सँगसँगै चल्नुपर्छ। तर जब असहमति अपमानमा बदलिन्छ, तब त्यसले संगठनलाई कमजोर बनाउँछ।

सिटौलालाई हटाउने तरिका धेरैका लागि असहज लागेको छ। यदि कुनै वैधानिक वा कार्यगत कमजोरी थियो भने त्यसलाई स्पष्ट रूपमा प्रस्तुत गरिनुपथ्र्यो। तर त्यसो नभएकाले यो निर्णयप्रति प्रश्न उठ्नु स्वाभाविक छ। अर्कोतर्फ, नेतृत्वले पनि आफ्ना तर्क राख्ने ठाउँ छ।

उनीहरूका लागि पार्टीलाई नयाँ ढंगले अघि बढाउनु, नयाँ अनुहारलाई अवसर दिनु र आफ्नो कार्यशैलीअनुसार टिम बनाउनु आवश्यक हुन सक्छ। तर त्यो प्रक्रिया कति समावेशी र पारदर्शी छ भन्ने नै महत्वपूर्ण हुन्छ। आज नेपाली कांग्रेसभित्रको शक्ति संघर्षको पारो घट्नुको साटो बढ्दो क्रममा छ।

देउवा गुटको नेतृत्व गरिरहेका पूर्णबहादुर खड्काले राष्ट्रिय सभा दल नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको जानकारी पाउँदा आफू स्तब्ध भएको बताएका छन्। ‘राष्ट्रियसभामा नेपाली कांग्रेसको संसदीय दलको नेता मनोनयन गर्ने, परिवर्तन गर्ने अधिकार संसदीय दलको विधानअनुसार संसदीयदलको नेतालाई दिएको छ, यसमा पनि म प्रष्ट छु तर देशको राष्ट्रियतामाथि जुन संकटको कालोबादल मडारिएको छ, पार्टी जुन अबस्थामा आज विवादको दलदलमा फसेको छ, मन विभाजित छ। यस्तो अबस्थामा कांग्रेसको सम्पूर्ण एकताको पहल गर्नु पर्ने जिम्मेवारिमा भएकाहरूबाट हतारमा पार्टीको एक अनुभवी अग्रज नेतालाई सामान्य राजनितिक शिष्टाचारसम्म नराखी पूर्व जानकारी बिना नै हठात् हटाउने निर्णय गरियो भन्ने जानकारी पाउँदा स्तब्ध छु,’ खड्काले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनले यस्तो कार्यले शुभ संकेत नभएको पनि बताए। ‘पार्टीको सम्पूर्ण एकताको अपरिहार्य आवश्यकताको महत्त्वपूर्ण क्षणमा यो हतारको निर्णय कदापि शुभ संकेत होइन भन्ने मेरो ठम्याइँ छ सबै सचेत बनौं, सतर्क हौं, मेरो आग्रह मेरो अनुरोध अनि मेरो आह्वान सम्बन्धित सबैमा,’ उनले भनेका छन्।

Advertisement
Advertisement

अब आगामी दिनहरूमा यसले कस्तो रूप लिन्छ भन्ने कुरा अहिले भन्न गाह्रो छ, तर संकेतहरू भने गम्भीर देखिन थालेका छन्। यदि असन्तुष्ट पक्षले संगठित रूप लियो भने पार्टीभित्र औपचारिक विभाजनसम्मको स्थिति आउन सक्छ। यद्यपि नेपाली कांग्रेसले विगतमा पनि यस्ता संकटहरू पार गरेको इतिहास छ। तर प्रत्येक संकटले संगठनलाई केही न केही कमजोर भने बनाएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top