×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

१७ बैशाख २०८३

१७ वैशाख , काठमाण्डौ ।

नेपाल वायुसेवा निगमले बुधबार सार्वजनिक गरेको नेटवर्क नक्सामा जम्मु र कस्मिरलाई पाकिस्तानको एक्लौटी भूभागभित्र राखेकोमा क्षमा याचना गर्नु परेको छ। यसपछि एउटा सूचना जारी गर्दै नेपाल एयरलायन्सले माफी मागेको हो । ‘हाम्रा सामाजिक सञ्जालहरुमा सार्वजनिक गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमा प्रार्थी छौँ’, बिहीबार बिहान अंग्रेजी भाषामा सूचना जारी गर्दै निगमले भनेको छ ।

Advertisement
Advertisement

नक्सामा अन्तर्राष्ट्रिय सिमानामा भएका गम्भीर त्रुटिहरुले नेपाल सरकार वा नेपाल वायु सेवा निगमको आधिकारिक धारणालाई प्रतिनिधित्व नगर्ने पनि निगमले प्रष्टिकरण दिएको छ । नेपाल एयरलाइन्सका आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट बुधबार जहाज उड्ने पोइन्ट इंगित गर्न नेटवर्क नक्सा सार्वजनिक गरिएको थियो । त्यो पोष्ट अहिले डिजिट गरिएको छ ।

नक्सामा भएको तथ्य तोडमोडबारे समीक्षा भइरहेको नेपाल वायुसेवा निगमले जनाएको छ । ‘यस क्षेत्रका हाम्रा छिमेकी तथा मित्र राष्ट्रहरुसँगको सुमधुर सम्बन्धलाई हामी उच्च सम्मान गर्दछौँ’, बिहीबार निगमले भनेको छ, ‘त्यो पोष्टबाट पर्न गएको कुनै पनि असुविधाप्रति हामी क्षमा चाहन्छौँ।’

नेपाल एयरलाइन्सको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट सार्वजनिक गरेको नेटवर्क नक्सामा जम्मु र कश्मिरको सबै भूभाग पाकिस्तानतिर परेको थियो । स्वतन्त्र मुलुकहरु ताजिकिस्तान र किर्गिस्तान चीनको नक्साभित्र परेका थिए ।

नेपालले जम्मु कस्मिरको मुद्दालाई भारत–पाकिस्तानको द्विपक्षीय विषय मान्दै आएको छ । भारतले सम्पूर्ण जम्मु, कश्मीर र लद्दाखलाई आफ्नो अभिन्न अङ्ग मान्दछ । हाल यसको ठूलो हिस्सा भारत प्रशासित नियन्त्रणमा छ । सन् २०१९ मा भारतले संविधानको धारा ३७० खारेज गरी यसलाई केन्द्र शासित प्रदेश बनाएको छ ।

यसबीच नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले सामाजिक सन्जालमा पोष्ट गरेको नक्सामा भारतमा पर्ने जम्मुकश्मिर क्षेत्रलाई पाकिस्तानमा देखाएपछि आलोचना भएको हो । सो नक्सा हटाइसकेको र त्रुटिबारे आन्तरिक समीक्षा गरिरहेको एयरलाइन्सले जनाएको छ ।

हामीले उक्त पोस्ट हटाइसकेका छौं र हाम्रा सामग्रीहरुले उच्चतम शुद्धताको मापदण्ड पूरा गर्ने सुनिश्चित गर्न आन्तरिक समीक्षा गरिरहेका छौं,’ नेपाल एयरलाइन्सले सोसल मिडिया मार्फत् भनेको छ, ‘हामी छिमेकी र मित्रहरुसँगको हाम्रो सदृढ सम्बन्धलाई अत्यन्त महत्व दिन्छौं र उक्त पोस्टबाट कुनै पनि प्रकारको असहजता वा आपत्ति भए त्यसप्रति दुःख व्यक्त गर्दछौं ।’

नेपाल एयरलाइन्सले पोष्ट गरेको नक्साको भारतमा विरोध भएको थियो । भारतीय नागरिकहरुले सोसल मिडिया प्लेटफर्ममा नेपाल एयरलाइन्स र जम्मुकश्मिरसँग सम्बन्धित ह्यासट्याग राख्दै तीखा प्रतिक्रिया दिएका थिए । कतिपयले नेपाल एयरलाइन्सलाई भारत विरोधी भनेर पनि आलोचना गरेका थिए ।

Advertisement
Advertisement

भोजपुरी सिनेमाका सुपरस्टार भनिने खेसारी लाल यादवले पनि यसप्रति कडा प्रतिक्रिया सार्वजनिक गरेका थिए । उनले एक्समा लेखेका छन्, ‘के सोचेर नेपाल एयरलाइन्सले भारतको नक्सामा यस्तो छेडछाड गरेको हो, त्यो पनि जम्मुकश्मिरलाई लिएर ? यो सामान्य कुरा होइन ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top