×

NEPAL TIMES UPDATES

Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026
Playing
Thalapathy vijay तमिलनाडुको मुख्यमन्त्री, झुटा वाचा नगर्ने वचन || Nepal Times
May 10, 2026
Playing
शपथको भोलिपल्टै ’बल्खु’ पुग्ने मनोज शर्माको विगत|| Nepal Times
May 10, 2026
Playing
बजेट निर्माणका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालन || Nepal Times
May 10, 2026

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

१७ बैशाख २०८३

१७ वैशाख , काठमाण्डौ ।

युक्रेन र इरान युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता भएको छ । उनीहरुबीच युक्रेन र इरानमा जारी तनावका विषयमा महत्वपूर्ण वार्ता भएको खुलासा भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले नै राष्ट्रपति पुटिन इरानमा जारी द्वन्द्व अन्त्यका लागि सहयोग गर्न इच्छुक रहेको बताएका हुन् ।

Advertisement
Advertisement

पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ’हामीले युक्रेन युद्धका बारेमा विस्तृत कुराकानी ग¥यौँ। पुटिन सहयोग गर्न चाहनुहुन्छ, तर मैले उहाँलाई स्पष्ट भनिसकेको छु–मेरो सहयोग गर्नुअघि म तपाईंको युक्रेनसँगको युद्ध अन्त्य भएको हेर्न चाहन्छु।’  राष्ट्रपति ट्रम्पका अनुसार पुटिनले इरानको ’युरेनियम’ संवर्धन प्रक्रियामा सहभागी हुने चाहना समेत व्यक्त गरेका छन् ।

ट्रम्पले भने, ’पुटिनले मलाई भन्नुभयो यदि उहाँले हामीलाई (सम्झौता गराउन) मद्दत गर्नुभयो भने, उहाँ इरानको एनरिचमेन्ट प्रक्रियामा संलग्न हुन चाहनुहुन्छ । तर, मैले जवाफमा तपाईं युक्रेन युद्ध रोक्न सहभागी भएको हेर्नु मेरा लागि बढी महत्वपूर्ण हुने बताएको छु’ ट्रम्पले भने ।

इरानको आणविक कार्यक्रमका बारेमा बोल्दै ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार राख्न नदिने स्पष्ट पारे । ’हामी इरानलाई आणविक हतियार सम्पन्न हुन दिँदैनौँ, र यो कुरा उनीहरूलाई पनि राम्रोसँग थाहा छ,’ उनले भने, ’यस विषयमा पुटिनसँग पनि कुराकानी भयो र उहाँ पनि इरानसँग आणविक हतियार होस् भन्ने चाहनुहुन्न।’

यस्तै ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी अमेरिकी नौसैनिक नाकाबन्दीलाई निरन्तरता दिन चाहेको पनि बताएका छन् । ट्रम्प टोलीले स्ट्रिट अफ होर्मुज लाई लामो समयसम्म बन्द गर्ने गरी नाकाबन्दी विस्तारको तयारी सुरु गरिसकेको छ। राष्ट्रपति ट्रम्पले हाललाई इरानमाथि अधिकतम आर्थिक दबाब दिने रणनीति अपनाएका छन् ।

सैन्य आक्रमण पुनः सुरु नगरी तेहरानलाई वार्ताको टेबलमा फर्काउन यो नै प्रभावकारी बाटो भएको उनको बुझाइ छ । यो रणनीति ट्रम्पका लागि जोखिममुक्त भने छैन । ९ हप्तादेखि जारी यो द्वन्द्व ६ हप्तामै सकिने उनले सुरुमा भविष्यवाणी गरेका थिए ।

स्ट्रिट अफ होर्मुज बन्द हुँदा अमेरिकामा इन्धनको मूल्य बढेको छ, जसले ट्रम्पको लोकप्रियता र अर्थतन्त्र सम्हाल्ने क्षमतामाथि प्रश्न उठाएको छ । पेन्टागनका अनुसार यो युद्धमा अमेरिकाले अहिलेसम्म २५ अर्ब डलर खर्च गरिसकेको छ, जसले नोभेम्बरमा हुने निर्वाचनका लागि रिपब्लिकन पार्टीभित्र चिन्ता बढाएको सिएनएनमा उल्लेख गरिएको छ ।

बुधबार एक अन्तर्वार्तामा ट्रम्पले भने, ’नाकाबन्दी बमबारी भन्दा बढी प्रभावकारी छ। इरानको सातो खुस्किएको छ । उनीहरूसँग परमाणु हतियार हुन सक्दैन।’ ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो युद्ध युक्रेन युद्ध जस्तै लामो समयसम्म जान सक्ने संकेत समेत गरे ।

अमेरिकी अधिकारीहरूले प्राप्त गरेको गुप्तचरी सूचना अनुसार, नाकाबन्दीका कारण इरानी अर्थतन्त्र अब केही हप्ता वा केही दिनमा धराशायी हुन सक्छ । ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा स्थायी क्षति पुग्ने दाबी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ’इरानले हामीलाई आफू पतनको अवस्थामा पुगेको जानकारी दिएको छ । उनीहरू स्ट्रिट अफ होर्मुज खोल्न चाहन्छन्।’

हालै ह्वाइट हाउसमा आयोजित एक बैठकमा उपराष्ट्रपति जेडी भान्स, अर्थमन्त्री स्कट बेसेन्ट र ऊर्जा क्षेत्रका दिग्गज उद्योगीहरूको सहभागिता थियो । बैठकमा नाकाबन्दीलाई महिनौंसम्म लम्ब्याउने र अमेरिकी उपभोक्तामा पर्ने असरलाई कम गर्ने उपायबारे छलफल भएको थियो ।

यद्यपि, पेन्टागनले सैन्य कारबाहीको तयारी जारी राखेको छ, तर ट्रम्प व्यक्तिगत रूपमा थप सैन्य आक्रमण भन्दा सम्झौता गरेर युद्ध टुङ्ग्याउने पक्षमा देखिन्छन् । इरानले स्ट्रेट अफ होर्मुज खोल्ने र परमाणु कार्यक्रमको विषयलाई पछि टुङ्ग्याउने प्रस्ताव गरेको थियो, जसलाई ट्रम्पले अस्वीकार गरेका छन् ।

विदेशमन्त्री मार्को रुबियोले इरानको प्रस्ताव सकारात्मक भए पनि मुख्य मुद्दा ’परमाण हतियार’ नै रहेको बताएका छन् । हाललाई अमेरिका इरानको तर्फबाट संशोधित प्रस्तावको पर्खाइमा छ । तर, युद्ध सुरु भएदेखि इरानी सर्वोच्च नेता मोज्तबा खामेनी सार्वजनिक रूपमा नदेखिएकोले तेहरानमा निर्णय प्रक्रिया कसको हातमा छ भन्नेमा अमेरिकी अधिकारीहरू अन्योलमा छन् ।

यसबीच ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन (स्मार्ट हुन) र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका छन् । अमेरिकी नौसैनिक नाकाबन्दीले इरानको अर्थतन्त्रलाई निकै कसिलो बनाउन थालेपछि ट्रम्पको यो चेतावनी आएको हो । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, ट्रम्पले इरानको शान्ति प्रस्तावलाई खारेज गर्ने मनस्थिति बनाइसकेका छन् ।

इरानले आफ्नो पछिल्लो प्रस्तावमा होर्मुज जलमार्ग खोल्ने र इरानी बन्दरगाहहरूको नाकाबन्दी अन्त्य गर्ने प्रस्ताव राखेको थियो । यसका साथै आणविक कार्यक्रमबारे अर्को चरणको वार्तामा छलफल गर्ने प्रस्ताव पनि गरिएको थियो । अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’का अनुसार, ट्रम्प इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न बाध्य नभएसम्म नाकाबन्दी जारी राख्न चाहन्छन् ।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’मा लेखेका छन्, “इरानले आफ्ना सबै कामहरू एकैसाथ गर्न सक्दैन ऊ चाँडै स्मार्ट हुनसके राम्रो हुनेछ ।” यसैबीच यता इरानले भने अमेरिकाविरुद्ध संयुक्त राष्ट्र संघमा उजुरी दिएको छ । तेहरान टाइम्सका अनुसार इरानले पत्रमा अमेरिकाले आफ्ना जहाजहरू कब्जा गरेर ‘समुद्री डकैती’ गरेको आरोप लगाएको छ ।

संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सईद इरावनीले अमेरिकाले ‘मजेस्टिक’ र ‘टिफनी’ नामका जहाज कब्जा गरेको र लगभग ३८ लाख ब्यारेल इरानी तेल जफत गरेको बताएका छन् । उनका अनुसार यो कार्य गैरकानुनी छ र अन्तर्राष्ट्रिय व्यापारमा हस्तक्षेप हो ।

इरानले आरोप लगाएको छ, ‘अमेरिकाको यो कार्यले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र समुद्री कानूनको उल्लंघन गरेको छ।’ इरावनीले यस्ता कार्य रोकिएन भने यसले विश्वभर नै कानुनी व्यवस्था कमजोर पार्दै खतरनाक नजिर बस्ने दाबी गरेका छन् ।

Advertisement
Advertisement

इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई अमेरिकाको यो कार्यको निन्दा गर्न र यस विषयमा कारबाही गर्न माग गरेको छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top