×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

१७ बैशाख २०८३

१७ वैशाख , काठमाण्डौ ।

 आज बिहानैदेखि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा बादल लागेको छ । यस्तै कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement

आज दिउँसो देशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । यस्तै आज राति पनि कोसी, बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका थोरै स्थान तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपात हुने सम्भावना छ ।

देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ । महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुका साथै देशको पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव छ ।
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिएका छन् ।

विहान काठमाडौँ उपत्यकामा छिटपुट वर्षा सुरु भइसकेको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा आज पनि वर्षा भएको छ । आज दिउँसो पनि धेरै स्थानमा वर्षाको पूर्वानुमान छ । हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए । उनका अनुसार साँझतिर सामान्य हावाहुरीसहित वर्षा हुने सम्भावना देखिन्छ ।

अबका तीन दिन अर्थात् बिहीबार, शुक्रबार र शनिबारसम्मै यस्तै खालको मौसमको सम्भावना रहेको उनले बताए । तर, पानी निरन्तर पर्ने हुँदैन । केही बेर पर्ने, रोकिने र फेरि वर्षाको सम्भावना हुन्छ । पानी पार्ने एउटा प्रणालीका कारण हिजो बुधबार देशका धेरै स्थानमा वर्षा भएको थियो ।

त्यो प्रणाली भने देशबाट बाहिरिइसकेको उनले जानकारी दिए । हाल स्थानीय र पश्चिमी वायुको अर्को प्रणालीको प्रभाव रहेको उनले बताए । बुधबार देशैभरिजस्तो पानी परेको थियो । “सुदूरपश्चिममा केही ठाउँमा अलि परेन । नभए देशैभरि हल्कादेखि मध्यम वर्षा भएको छ,” उनले भने ।

अबका तीन दिन वर्षाको पूर्वानुमान गरिए पनि आजको तुलनामा भोलि (शुक्रबार) अलि कम सम्भावना रहेको उनले स्पष्ट पारे । “आज, भोलि र पर्सिको अवस्था हेर्दा पनि त्यस्तैत्यस्तै अवस्था देखिन्छ । यद्यपि, आज, भोलि, पर्सिलाई हिजोभन्दा अलि कम वर्षा हुन्छ,” मौसमविद् पुडासैनीले भने ।

काठमाडौंमा पनि अझै तीन दिन वर्षाको पूर्वानुमान छ । तर, यहाँ पनि पानी निरन्तर पर्ने सम्भावना छैन । “काठमाडौंमा बेलुकापख मध्यमसम्म वर्षासम्म हुन्छ भने दिउँसोलाई छ्यार्र, केही समयको लागि वर्षा हुने सम्भावना देखिन्छ,” उनले भने । काठमाडौंमा आज वर्षाको सम्भावना अन्यत्रको तुलनामा बढी रहेको उनले बताए ।

आज काठमाडौंसहितका धेरै स्थानमा पूर्ण रूपमा घाम लाग्ने सम्भावना नरहेको उनले बताए । देशको पश्चिमी भूभागमा भने घाम लाग्ने सम्भावना रहेको उनले स्पष्ट पारे । गएको शनिबार (वैशाख १२)यता विभिन्न मौसमी प्रणालीका कारण देशका कतिपय स्थानमा दिउँसोजसो पानी परिरहेको छ ।

Advertisement

पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि वर्षाको सम्भावना अझै रहेको उल्लेख गरेका छन् । तर, बुधबारको जस्तो ‘ठूलो’ वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । उनले निर्माण कार्य र उच्च हिमाली क्षेत्रमा पदयात्राजस्ता गतिविधि आउँदो शनिबार (वैशाख १९)सम्म स्थगन गर्नु बुद्धिमानी हुने जनाएका छन् । निरन्तर पानी पर्ने सम्भावना भने नरहेको उनले स्पष्ट पारेका छन् ।

Advertisement

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top