बढ्दै हुण्डी कारोबार, राजश्व गुम्दै, प्रहरी सक्रिय

२० कात्तिक ७७, शुक्रबार

काठमाडौं: विदेशबाट पैसा पठाउन र लिन सजिलो भएकाले हुण्डीप्रति विदेशमा बस्ने नेपाली हुण्डीको प्रयोग सहजै गर्न रुचाउँछन् । आकर्षण बढेसँगै हुण्डीबाट कारोबार गर्नेहरु ठगिनेक्रम पनि निक्कै बढेको छ । पर्यटन व्यवसाय ठप्प भएसँगै हुण्डी कारोबारीहरुको सकृयता यतिबेला नेपालका सीमा क्षेत्रहरुमा बढेको छ । सीमा क्षेत्रहरुमा हुण्डी कारोबारीहरु सक्रिय बन्न थालेसँगै नेपाल प्रहरीले समेत हुण्डी कारोबारीमाथि निगरानी बढाएको छ ।

प्रहरीले सोमबार काठमाडौंको ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले झापाका बिकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेललाई नियन्त्रणमा लिएको हो ।

यो हुण्डीमार्फत् गरिने गैरकानुनी कारोबारको रकम भएको प्रहरीको दाबी रहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको ब्युरोका डिआईजी सहकुल थापाले जानकारी दिनुभयो ।

Advertisement

एक ठाउँको पैसा अर्को ठाउँमा पु¥याउनु मात्रै नभएर पैसा वापत राजस्व समेत नतिरी सामाग्री समेत भित्राउने कार्यमा हुण्डी कारोबारी लागेकाले प्रहरीले यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको डिआइजी थापाले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
एकछिनको फाइदाको लागि अवैध र जोखिमपुर्ण कारोबार गर्न नहुने डिआइजी थापाले बताउनुभयो । उहाँले हुण्डी आफैमा अबैध र जोखिमपुर्ण कारोबार भएकाले त्यसले धेरै बेफाइदा हुने बताउनुभयो ।

हुण्डी कारोबार मार्फत बिदेशबाट स्वदेशमा रकम प्राप्त भए तापनि सरकारी तथ्यांकमा भने देखिदैन । त्यस कारणले पनि सुन तस्करी, लागु औषध कारोबार, न्यून विजकीकरण गरि सामान आयात, मानव बेचबिखन, अबैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले थप बल दिएको भएकाले प्रहरीले यसमाथि निरन्तर निगरानी बढाएको उहाँले बताउनुभयो ।

Advertisement

औपचारिक रेमिटान्स तथा बैंकिङ च्यानल मार्फत रकमको कारोबार गरेमा मुलुकको व्यापार घाटा कम गर्न योगदान दिने उहाँले बताउनुभयो । अबैध धन्दा संचालन गर्ने व्यक्ति र संस्थाको बारेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराएर हरेक देशभक्त र जिम्मेवार नागरिकको कर्तव्य पालना गर्न समेत उहाँले अनुरोध गर्नुभयो ।

‘हुण्डी कारोवारीले आफ्नो एजेण्ट मार्फत कार्यथलोमा नै रकम संकलन गर्ने, उनीहरूको परिवारलाई घरमै तत्काल रकम पु¥याइदिने, शुल्क पनि अन्य रेमिटान्सको भन्दा कम लिने, आयस्रोत खुलाउनु पर्ने लगायतका प्रक्रियागत झन्झट पनि नदिने हुँदा सर्वसाधारण यस प्रति आकर्षित भैरहेका छन्’ तर यो जोखिमपुर्ण छ हुण्डी कारोबारले अर्थतन्त्रमा पारिरहेको असरको बारेमा अनुशन्धान गरिरहनु भएको पवन पोखरेल भन्नुहुन्छ ।

हुण्डी कारोबार आफैमा अबैध र अत्यन्त जोखिमपूर्ण भएकाले त्यसबाट टाढानै बस्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘आफूले दश नङ्ग्रा खियाएर कमाएको पैसा बीचमै हिनामिना भएमा त्यसको कानुनी उपचार पाउन समेत कठिन छ’ पोखरेल थप्नुहुन्छ ‘आफ्नो परिश्रमको असली पैसालाई दलाल र बिचौलियाहरुले अबैध कारोबार तथा अपराधजन्य कार्यमा लगाउने भएकाले यसलाई निरुत्साहन गर्न समेत हामी सचेत हुनुपर्छ ।’

कतियप देशहरुमा अझैपनि रेमिन्ट्यान्स पठाउन भरपर्दा माध्यम नहुँदा त्यहाँ बस्ने नेपालीहरुले हुण्डीबाटै देशमा रकम पठाउने गरेका छन् । हुण्डीले धेरै ठाउँमा पैसा पठाउन समस्या परेकाहरुलाई सहयोग समेत गर्ने गरेपनि यसले फाइदा भन्दापनि राज्यलाई घाटा पार्ने काम गरिरहेको छ ।

प्रहरीले दुई बर्षअघि वीरगञ्जबाट हुण्डीको कारोबार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्य अनुरुप उक्त धन्धामा लागेको खुलासा भएको थियो । त्यसपछि पक्राउ परेकाहरुमध्ये अधिकाशं कारोबारीहरु एकै पटक धेरै यसमा संम्लग्न भएको पाइएको छ ।

पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रियस्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुण्डीको धन्धा सीमा नाका भएका जिल्लामा फष्टाउँदै गएपछि यस प्रकारको अवैध धन्धालाई निरुत्साहित पार्न प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन समेत गरेको नेपाल प्रहरीले जनाएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top