×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

कोभिडले याक चीज उत्पादनमा कमी

२१ कार्तिक २०७७

दोलखा: लामो समय लकडाउन लम्बिँदा चीज उद्योगले किसानबाट दूध संकलननै बन्द गरेको छ । दुग्ध विकास संस्थाको चीज उत्पादन तथा बिक्रीवितरण केन्द्र चंखुले गत भदौदेखि किसानबाट दूध संकलन बन्द गरेको हो । लकडाउनका कारण चीजको बजार खस्केका कारण केन्द्रले चीज बनाउन प्रयोग हुने चौंरीको दूध संकलनमा रोकेको हो ।

केन्द्रले स्थानीय चौंरीपालक किसानहरूबाट दैनिक रूपमा ४ सय लिटरसम्म दूध संकलन गर्दै आएको थियो । चौंरीको दूध वैशाखदेखि कात्तिकसम्म केन्द्रले किसानबाट लिने गरे तापनि दुग्ध विकास संस्थानले चीज बजारमा बिक्री गर्न नसक्दा भदौदेखि नै चीज उत्पादन बन्द गरेको केन्द्र प्रमुख टीका गुरुङले बताए । गौरीशंकर गाउँपालिका वडा नं। ६ दोमाजेमा रहेको चंखु चीज उत्पादन केन्द्रले २०३९ सालदेखि चीज उत्पादन गर्दै आएको छ ।

Advertisement
Advertisement

केन्द्र प्रमुख गुरुङका अनुसार श्यामाको याले, मार्बु, लगायतको ठाउँमा समेत दूध संकलन गरी केन्द्रमा ल्याउने गरेको छ । संस्थानले दूध संकलन नगर्ने भएपछि किसानहरू भने आफैं छुर्पी उत्पादन गर्न लागेका छन् । दुग्ध विकास संस्थानले नै दूध संकलन नगर्नु भन्ने आदेश दिएको किसानबाट भदौ १५ गतेदेखि दूध संकलन बन्द गरिएको गुरुङले बताए ।

दूध संकलन बीचमै राकिदा याक चीज उत्पादन समेत घटेको छ । केन्द्रले यस वर्ष ७ हजार चीज उत्पादन गरेको छ । दूध संकलन बन्द नभएको भए १२ हजार किलो चीज उत्पादन गर्ने लक्ष्य थियो । यस वर्ष दूध पनि किसानबाट राम्रै संकलन भएको थियो । लकडाउन नभएको भए लक्ष्य प्राप्तिमा समस्या नभएको सहायक चीज मेकर ङयन्द्र खड्काले बताए ।

केन्द्रले चीज र नौनी उत्पादन गर्छ । चीज सोझै काठमाडौ जान्छ भने नौनी स्थानीय रूपमै बिक्री हुने गरेको छ । भूकम्पले केन्द्रको भण्डारण क्षमता पनि घटेको छ । भूकम्पअघि १२ हजार किलोग्राम भण्डारण क्षमता भए तापनि अहिले भवन भत्केकाले ७ हजार किलोग्राम मात्र भण्डारण गर्न सकिन्छ । यस वर्ष उत्पादित चीज आधा काठमाडौं पु¥याइसकिएको छ । एक केजी चीज उत्पादन गर्न १० लिटर दूध चाहिने उनले बताए ।

दुग्ध विकास संस्थान अन्तर्गत चीज उत्पादन तथा विक्रि वितरण आयोजनाको याक चीज उत्पादन केन्द्र जिरीमा २०२८ सालमा स्थापना भएको हो । त्यसपछि चंखुमा केन्द्र स्थापना भएको हो । उच्च हिमाली भेगमा पालिने चौंरीको दूधको प्रशोधन गरी उत्पादनका लागि यो उद्योग स्थापना भए पनि चौंरीपालन व्यवसाय खुम्चँदै गएपछि चीज उत्पादन पनि घट्दै गए छ ।

जुन ठाउँमा चौंरीपालन व्यवसाय हुन्छ त्यही ठाउँमा दूध संकलनका लागि शाखा स्थापना गरेर चीज उत्पादन गर्ने गरेको उनले बताए । शुद्ध चौंरीको दूधबाट बनाएको र उपयुक्त हावापानी मिलाएर बनाएकाले यहाँ उत्पादित चीज सबैभन्दा गुणस्तरको भएको केन्द्र प्रमुख गुरुङले दाबी गरे । यहाँको चीज जति पुरानो उत्ति राम्रो हुने उनले बताए ।

यो क्षेत्रमा डिम्जो र ओराङ जातको चौंरीपालन हुन्छ । डिम्जो जातको चौंरी ३ हजार मिटरभन्दा माथि पाल्न सकिन्छ भने ओराङ जातको चौंरी २ हजार ५ सयदेखि ३ हजार मिटरसम्म पाल्न सकिने चीज उत्पादन केन्द्रका जिरेलले बताए । डिम्जो जातको चौंरीले ओराङ जातको भन्दा दूध पनि बढी दिने बताए । याक चीजको नामले यहाँ उत्पादित चीज प्रख्यात छ । दुग्ध विकास संस्थानले दोलखाको जिरी र चंखु रामेछापको चुचुरेमा दूध संकलन तथा चीज उत्पादन केन्द्र स्थापना गरेर चीज तयार गर्ने गरेको छ ।

Advertisement

पछिल्लो समयमा सामुदायिक वनको विकासले चरण क्षेत्र घट्दै गएकाले चौंरीपालन व्यवसाय पनि घट्दै गउको छ । चौंरीपालन व्यवसायमा आधुनिकता नहुनु, नस्ल सुधार नहुनु, धेरै दुःख गर्नु पर्ने र युवाहरू विदेशीने क्रमले पनि यो व्यवसायमा लाग्नेहरू घट्दै गएको पुराना चौंरी किसान लाक्पा शेर्पाले बताए ।, यो समाचार आजको कारोबार दैनिकमा छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top