×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

निःशुल्क परीक्षण निरन्तर

२१ कार्तिक २०७७

काठमाडौँ : सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट दर्ता भएको पुनरवलोकन निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले फैसला पुनरवलोकनको अनुमति नदिने आदेश गरेको हो । सर्वोच्चले असोज १५ गते कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न सरकारका नाममा परमादेशको आदेश जारी गरेको थियो ।

Advertisement
Advertisement

न्यायाधीशहरू हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको हो । सर्वोच्चले निःशुल्क उपचारसँगै कोरोनालाई सरुवा रोगको सूचीमा सामेल गर्न पनि फैसलामा भनेको थियो । संविधानले प्रत्याभूत गरेको स्वास्थ्यको हकको पालना गर्न पनि सर्वोच्चले सरकारलाई फैसलामा भनेको थियो । तर फैसलाको करिब एक महिनापछि सरकारका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुनरवलोकनको निवेदन दर्ता गरेको थियो । कात्तिक १७ गते दर्ता निवेदनको बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले निस्सा अनुमति दिन अस्वीकार गरेको हो ।

मन्त्रालयले निवेदनमा सर्वोच्चको फैसला परिस्थितिको विश्लेषण समेत नगरी आफ्नै नजीरविपरीत गरेको भन्दै पुनरवलोकनको माग गरेको थियो । अदालतले वास्तविक तथ्यको मनन गर्न नसकेको, रोगको अवस्था, भौतिक पूर्वाधार, जनशक्ति लगायतका विषयमा आधारभूत विश्लेषण नै नगरी अपरिपक्व आदेश जारी भएको निवेदनमा उल्लेख थियो ।

अदालतले यसअघि मूल रिटमा निवेदकले शुल्क लिने गरी भएको निर्णय बदरको माग गरेकोमा अदालतले उक्त माग अनुसार आदेश नगरेको तर निःशुल्क उपचार तथा परीक्षणको व्यवस्था समेत गर्नु भन्ने आदेश गर्नु विरोधाभाष रहेको निवेदनमा सरकारले उल्लेख गरेको थियो ।

कोरोना न्यूनीकरणका लागि सरकारले निर्वाह गरेको भूमिकालाई अदालतले अनदेखा गरेको निवेदनमा उल्लेख थियो ।

कोरोना न्यूनीकरणका लागि सरकारले निर्वाह गरेको भूमिकालाई अदालतले अनदेखा गरेको निवेदनमा उल्लेख थियो । जनस्वास्थ्य ऐन अनुसार नै सरकारले परीक्षण र उपचारको व्यवस्था गरेकाले संविधानप्रदत्त नागरिक हक प्रत्याभूत भएको दावी सरकारको निवेदनमा गरिएको थियो । देशको आर्थिक अवस्था र यसअघि नागरिक स्तरबाट भएको मागसमेत दृष्टिगत गरेर चिकित्सकीय सिफारिस नभएका व्यक्तिको हकमा सशुल्क परीक्षणको व्यवस्था गरिएको मन्त्रालयको निवेदनमा उल्लेख थियो । मन्त्रालयले अन्य देशको तुलनामा आरटी–पीसीआरका लागि तोकिएको शुल्क निकै कम रहेको पनि जिकीर गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार विपन्न, अशक्त, असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको परीक्षण र उपचारको दायित्व राज्यले नै लिने गरी निर्णय भएको निवेदनमा उल्लेख छ । बीमा गरिएका व्यक्तिको हकमा सोही रकमबाट तर नभएका व्यक्तिको हकमा राज्यले नै दायित्व लिने निर्णय भएको पुनरवलोकन निवेदनमा उल्लेख थियो ।

Advertisement

लिखित जवाफ माग
अदालतको आदेशसँगै अब यसअघि असोज १५ गतेको फैसला नै अन्तिम हुनेछ । सो आदेश नै अब कार्यान्वयनमा जानेछ । तर आदेश कार्यान्वयनमा नगएको भन्दै यसअघिका मूल निवेदक लोकेन्द्रबहादुर ओलीले अवहेलना मुद्दा दायर गर्नुभएको थियो । सो मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार नै विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसँग लिखित जवाफ माग गरेको हो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top