अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज (भिडियो)

२० कात्तिक ७७, शुक्रबार

२१ कात्तिक, काठमाडाैँ ।

हलमा रिलिज भएको डेढ बर्षपछि अनमोल केसी र सुहाना थापा अभिनीत सफल चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ । चलचित्र बिहीबार ‘बुढा सुब्बा डिजिटल’काे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी सुपरस्टार गायकको भूमिकामा देखिएका छन् भने सुहाना उनकी फ्यानको भूमिकामा प्रस्तुत भएकी छिन् ।

हलमा दर्शकको मन जित्न सफल यस चलचित्रले युट्युबमा पनि यो चलचित्रलाई दर्शकले मन पराउने विश्वास निर्माण पक्षले लिएको छ ।

चलचित्रमा अनमोल र सुहा नाका अलावा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायाङ्कन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, दीर्घ खड्काको सम्पादन रहेको छ ।

चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भैरहँदा यसको निर्माणपक्षले ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिसकेको छ ।

[embedyt] https://www.youtube.com/watch?v=7OZC65XsLV0[/embedyt]

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top