मंसिर दोस्रो साताबाट परीक्षा लिने तयारीमा त्रिवि

२० कात्तिक ७७, शुक्रबार

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले मंसिरको दोस्रो साताबाट परीक्षा गर्ने तयारी गरेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई पायक पर्ने स्थानीय निकायको केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ ।

त्रिविले कोभिड–१९ को कारण सबै विद्यार्थी उपत्यका, सदरमुकाम, शहरमा आउन नसक्ने भएपछि घरपायक केन्द्रबाट परीक्षा दिन मिल्ने गरी अनलाइन फारम भर्न अनुुरोध गरेको छ । चैतदेखि स्थगित परीक्षा सञ्चालन गर्न होम सेन्टरबाट समेत परीक्षा दिन मिल्ने व्यवस्था गरेको हो । यो वर्ष कोभिड संक्रमणको हटस्पट काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ ।

लुम्बिनी बौद्ध, पूर्वाञ्चललगायत केही विश्वविद्यालयले घरबाटै परीक्षा सम्पन्न गरिसकेको अवस्थामा त्रिविले बल्ल यो व्यवस्था गर्न लागेको हो । विद्यार्थीले शैक्षिकसत्र खेर जान लागेको भन्दै दबाव दिएपछि त्रिविले परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।

Advertisement

त्रिविले छठलगत्तै परीक्षा सञ्चालन गर्ने तयारीसहित विद्यार्थीलाई पायक पर्ने स्थानबाट परीक्षा दिन मिल्ने गरी अनलाइन फारम भर्न शुरु गरेको हो । त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले मंसिर १० देखि कार्यतालिका सार्वजनिक गरी परीक्षा लिन शुरु गर्ने जानकारी दिनुभयो । उहाँले कुनै आपत्कालीन अवस्था नआए पाँचैवटा संकायका परीक्षा लगातार सञ्चालन गर्ने बताउनुभयो ।

कात्तिकसम्म अनलाइन फारम भर्ने विद्यार्थीको तथ्यांक संकलन गर्ने र त्यसका आधारमा केन्द्र थप गरी परीक्षा सञ्चालन गर्ने तयारीमा त्रिवि रहेको छ ।

त्रिविले इन्जिनियरिङ, चिकित्सा शिक्षा, कृषि र वनबाहेक सबै संकायको परीक्षा लिने भएको छ । विश्वविद्यालयको मानविकी, व्यवस्थापन, कानुन, शिक्षा र विज्ञान संकायका सबै तहको परीक्षा स्थगित भएको छ । ‘पहिला अन्तिम तहको परीक्षा सम्पन्न गर्नेछौं, त्यसपछि अन्य तहको परीक्षा सञ्चालन गर्छौं।’ –रजिस्ट्रार प्राडा दाहालले भन्नुभयो ।

तथ्यांकअनुसार करिब ४ लाख विद्यार्थीले परीक्षा दिन पाएका छैनन् । त्रिवि प्राध्यापक संघका अध्यक्ष सहप्राध्यापक वसन्त ढकालले त्रिविले कसरी परीक्षा सञ्चालन गर्ला भन्ने विषय गम्भीर रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘जिल्लामा एउटा क्याम्पस छ, अन्य केन्द्र कसरी राख्न सकिन्छ?’ उहाँले करिब ४ लाख १५ हजार विद्यार्थीको परीक्षा व्यवस्थापन गर्न समस्या रहेको बताउनुभयो ।

कुन प्रक्रियाले परीक्षा लिने, मोडल कस्तो हुनेलगायतका विषयमा निर्णय नगरी परीक्षा गर्न मुस्किल पर्ने उहाँको भनाइ थियो ।, याे समाचार नेपाल समाचारपत्रमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top