×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रमिकमैत्री व्यवस्था गर्दै साउदी अरब, रोजगारदाता परिवर्तन गर्नसक्ने व्यवस्था

२१ कार्तिक २०७७

काठमाडौँ: साउदी अरब सरकारले साउदी अरबमा कार्यरत आप्रवासी श्रमिकलाई चाहेका बेलामा स्वदेश फर्किन सक्नेगरी नयाँ व्यवस्था गर्ने तयारी गरेको छ । साउदी सरकारले श्रमसम्बन्धी कानुनको सुधार गर्दै सन् २०२१ मार्च १४ देखि लागू हुनेगरी यस्तो व्यवस्था गर्न लागेको हो ।

मार्च १४ देखि लागू हुनेगरी करार अवधि सकिएपछि विदेशी श्रमिकले रोजगारदाताको अनुमतिबिनै स्वदेश फर्कन सक्ने र रोजगारदातासमेत परिवर्तन गर्नसक्ने व्यवस्था लागेको जनाएको छ । नयाँ श्रम कानुनले स्वदेश फर्कंदा आप्रवासी श्रमिकले विद्युतीय माध्यममार्फत रोजगारदातालाई जानकारी भने गराउनुपर्ने छ । यसअघि साउदी अरबबाट स्वदेश फर्कन रोजगारदाताको अनुमति अनिवार्य थियो ।

Advertisement
Advertisement

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले साउदीले ल्याएको यो नयाँ कानुनले नेपालीसहित सबै विदेशी श्रमिकलाई फाइदा हुने बताउनुभयो । उहाँले साउदीले आप्रवासी श्रमिकमाथि गर्दै आएको श्रम तथा अन्य शोषणको विरुद्धमा अन्तर्राष्ट्रिय दबाब परेकाले बाध्य भएर साउदीले कानुन परिवर्तन गरेर श्रम नीति श्रमिकमैत्री बनाउन लागेको बताउनुभयो ।
डा. गुरुङले भन्नुभयो, “केही महिना अगाडि कतारले पनि यस्तै खालको नियम बनाएर लागू गरेकाले साउदीलाई पनि यो नियम लागू गर्न बाध्य बनाएको हो । ” केही समयअघि मात्रै कतारले पनि श्रम कानुनमा सुधार गर्दै विदेशी श्रमिकले रोजगारदाताको अनुमतिबिना नै काम परिवर्तन गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।

पछिल्लो समयमा साउदी अरब नेपाली श्रमिकको दोस्रो वा तेस्रो श्रम गन्तव्य मुलुक हो । साउदीमा रहेको नेपाली दूतावासका अनुसार साउदीमा हाल झन्डै तीन लाख ५० हजार नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् ।

डा. गुरुङका अनुसार यसअघि रोजगारदाताले अनुमति नदिएमा श्रमिकले चाहेर मात्र स्वदेश फर्कन सम्भव थिएन । कोरोना महामारीको समयमा पनि घर फर्कन रोजगारदाताको अनुमति नपाउँदा धेरै नेपाली श्रमिक दूतावासको ढोकामा घर फर्कन पाउँ भन्दै हारगुहार गर्न पुगे, कति अनुमति नपाएर फर्किन सकेनन् । साउदीले ल्याएको नयाँ कानुन लागू भएसँगै यो बाध्यता हट्नेछ र श्रमिक चाहेका बेलामा स्वदेश फर्किन सक्ने छन् ।

नयाँ नियमअनुसार पुनः फर्कने या नफर्कने गरी श्रमिकले साउदी छाड्न सक्ने छन् । अब रोजगारदाताले श्रमिकसँग विद्युतीय करार सम्झौता गर्नुपर्ने छ । नेपाल सरकारले साउदी जाने नेपालीका लागि दुई वर्षको श्रम स्वीकृति दिँदै आएको छ ।

Advertisement

नेपाल सरकारले दिने श्रम स्वीकृतिकै आधारमा साउदीमा श्रमिकको करार दुई वर्षको भएमा दुई वर्षको रोजगार करार सकिएपछि श्रमिकले चाहेमा अर्को काम गर्न पाउने छन् । त्यसका लागि पुरानो रोजगारदाताको अनुमति आवश्यक पर्ने छैन । यसअघि साउदी सरकारले घरमा बँधुवा मजदुरका रूपमा काम गर्ने श्रमिकलाई लागू हुने काफला प्रणाली पनि हटाउने निर्णय गरेको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top