पार्टी एकता जोगाउन ओलीलाई दाहाल समूहको लिखित आग्रह

२१ कात्तिक ७७, शनिबार

२२ कार्तिक, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन लिखित आग्रह गरेका छन् ।

कार्यकारी अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यले प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालयको बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक आह्वानका लागि लिखित अनुरोध गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अध्यक्ष दाहालसहित झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम र श्रेष्ठले आज भोलीमै बैठक बोलाउन लिखित माग गरेको उनले बताए ।

Advertisement

उनले भने, ‘‘सकभर भोली नभए पर्सीसम्म बैठक बसेर गम्भिरता पूर्वक छलफल गरौ र पार्टीलाई एकतावद्ध बनाउन,े विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वनयन गर्ने दिशातिर जाने गरी निष्कर्ष निकालौ भनेर अनुरोध गरिएको हो ।’’

कोभिड—१९ ले पैदा गरेको स्वास्थ्य संकट, जनतामा देखा परेको समस्या, आर्थिक संकट लगायतका विषयमा छलफल गर्न बैठकको माग गरिएको श्रेष्ठले बताए ।

Advertisement

यस्तै स्थायी कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयन अगाडी बढ्न नसकेको अवस्थाको समिक्षा र पार्टीमा उत्पन्न संकटको सम्बन्धमा छलफल गर्दै पार्टी एकताको रक्षा गर्न पनि बैठक आवश्यक रहेको उनले बताए ।

कार्यकारी अध्यक्ष दाहालले पटक पटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै शनिबार लिखित अनुरोध गरिएको श्रेष्ठको भनाई छ । बैठक बस्ने बारेमा भने ओलीले आज निष्कर्ष नदिएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top