Nepal Times
Nepal Times
3
Shares

गजल : मेरो देशका लागि

गजल : मेरो देशका लागि

विवशता र जालझेलसँग खुब लड्दैछु म ।।
देशलाई शान्ति हित बनाउन शास्त्र पढ्दैछु म ।।

शान्ति स्वतन्त्रता न्याय भनी सडक बीचमा।
गुन्जिरहेको माइक्रोफोन पक्डी बज्दैछु म ।।

जाति भाषा शिक्षा न्याय मुठीमा बोकेर ।
गल्ती सच्याउन सरकारसँग लड्दैछु म ।।

निर्णयलाई छिट्टै हातमा लिनु हुन्न भनी ।
गहन भई अघि बढ्न एकछिन अड्दैछु म ।।

बेचिएको किल्ला अनि कागडाको सीमा हाम्रो।
फिर्ता ल्याउन दुःख कस्ट गर्दैछु म ।।

दुर्गेस बन्जारा 
   बराहपोखरी गाउँपालिका- ३ ठूलीलबेसी, खोटाङ

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.