कक्षा १२ को परीक्षा : २५ जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु

२२ कात्तिक ७७, आइतबार

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएका जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मासहितको टोलीले शुक्रबारबाट प्रश्नपत्र छपाइ शुरु गरेको हो ।

बोर्डले कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका करिब २५ जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको हो । इन्टरनेटको समस्या भएका जिल्लाका लागि छुट्टै प्रश्नपत्र छपाइ गरेको बोर्डले जनाएको छ । तिहार अघिसम्म छपाइ सक्ने योजनासहित परीक्षा नियन्त्रक शर्माको टोली जनक शिक्षामा प्रवेश गरेको हो ।

बोर्डले यो वर्ष साढे १ घण्टाका लागि तय गरेको परीक्षाको प्रश्नपत्र फरकफरक सेटको हुनेछ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले मूल विषयका करिब ६ सेट प्रश्न तयार गरिएको जानकारी दिनुभयो ।

Advertisement

बोर्डले पूर्व, पश्चिम, हिमाली र उपत्यकालगायत जिल्लाका लागि छुट्टै प्रश्नपत्र तयार गरेको जनाएको छ । मंसिर ९ देखि १६ गतेसम्मका लागि तय गरेको परीक्षामा ४ हजार १ सय ५ विद्यालयमा परीक्षा हुनेछ ।

बोर्डले ती केन्द्रमा परीक्षा सञ्चालन हुनु आधा घण्टा अघि मात्र इमेलमार्फत प्रश्नपत्र पठाउनेछ । सबै केन्द्रमा कोड नम्बरको व्यवस्था गरेकाले परीक्षा हुनु आधा घण्टाअघि कोड नम्बर प्राप्त भएपछि मात्रै प्रश्नपत्र हेर्न सकिनेछ ।

Advertisement

इमेलमा आएको प्रश्नपत्र फोटोकपी गरेर विद्यार्थीलाई दिने व्यवस्था गरिएको छ । फोटोकपी गर्न असम्भव भए प्रश्नहरु बोर्डमा लेख्ने सकिनेसमेत व्यवस्था छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top