मलाई भोट हाल्ने र नहाल्ने सम्पूर्ण अमेरिकीको राष्ट्रपति हुनेछु : बाइडेन

२३ कात्तिक, एजेन्सी।

डेमोक्य्राटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । मतगणना जारी रहेको भए पनि मत अन्तरका कारण बाइडेनकाे विजय सुनिश्चित भएकाे छ।

विजय सुनिश्चित भएसँगै बाइडेनले सबैको राष्ट्रपति बन्ने वाचा गरेका छन् । बाइडेनले विज्ञप्ति जारी गर्दै अमेरिकी जनताले आफूप्रति गरेको विश्वासको सम्मान गर्ने बताएका छन् । रिसराग र आरोप–प्रत्यारोप त्यागेर राष्ट्रका लागि एकजुट हुनुपर्ने उनको भनाइ छ । ‘मलाई मतदान गरे या नगरे पनि म सम्पूर्ण अमेरिकीको राष्ट्रपति हुनेछु,’ बाइडेनले भनेका छन् ।

Advertisement

मिलेर अघि बढेको खण्डमा अमेरिकाले गर्न नसक्ने केही नरहेको उनको दाबी छ । आफ्नो चुनावी अभियानका क्रममा बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका कारण ‘देशको आत्मा जोखिममा रहेको’ उल्लेख गर्दै आफूले ठीक पार्ने बताउने गरेका थिए ।

चुनावी परिणामसँगै कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बनेकी छन् । उनी पहिलो अश्वेत तथा दक्षिण एसियाली मूलकी उपराष्ट्रपति पनि भएकी छन् । ह्यारिसले ट्वीट गर्दै आफू र बाइडेनको मात्र नभई चुनावमा अमेरिका र यसका लागि लड्नेहरूको जित भएको उल्लेख गरेकी छन् । ‘हामीले धेरै गर्न बाँकी छ । अब सुरु गरौं,’ उनले ट्वीटरमा लेखेकी छन् ।

Advertisement

पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टीको जित तय भएसँगै बाइडेनका लागि ह्वाइटहाउसको ढोका खुल्ने पक्का भएको हो । राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २ सय ७० भन्दा धेरै इलेक्टोरल मत बाइडेनको पक्षमा देखिइसकेको छ ।

पछिल्लो मतपरिणामअनुसार जो बाइडेनले नेभादामा पनि जित्ने भएका छन् । सीएनएनले ६ इलेक्टोरल भोट रहेको नेभादामा बाइडेनले नै जित्ने प्रक्षेपण गरेको छ । अहिले नर्थ क्यारोलाइना, जोर्जिया, एरिजोना र अलास्कामा मतगणना भइरहेको छ । १५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइना र ३ इलेक्टोरल भोट रहेको अलास्कामा डाेनाल्ड  ट्रम्प अगाडि छन् भने १६ इलेक्टोरल भोट रहेको जर्जिया र ११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेन अगाडि छन् । यहीअनुसार अन्तिम नतिजा आए बाइडेनले ३०६ इलेक्टोरल भोट पाउनेछन् भने ट्रम्पले २३२ इलेक्टोरल भोट पाउनेछन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top