भारतमा कोरोना संक्रमण घट्यो

२२ कात्तिक ७७, आइतबार

२३ कात्तिक, नयाँ दिल्ली ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण घटेको छ । कुनै समय विश्वमै सबैभन्दा बढी संक्रमण हुने गरेको भारतमा विगत केही हप्तादेखि संक्रमण घट्दै गएको छ ।

भारतमा बितेको २४ घन्टामा ४६ हजार बढी नयाँ संक्रमित थपिएका छन् । अघिल्लो महिनासम्म भारतमा झण्डै दैनिक १ लाखको हाराहारीमा दैनिक संक्रमित थपिने गरेका थिए । भारतमा हालसम्म संक्रमित हुनेको संख्या ८५ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या पनि १ लाख २६ हजारभन्दा बढी छ ।

Advertisement

संयुक्त राज्य अमेरिका र युरोपेली मुलुकमा भने कोरोना संक्रमण व्यापक रुपमा बढेको छ । विश्वमै कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा एकै दिनमा १ लाख १९ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड नाघिसकेको छ भने मृत्यु हुनेको संख्या २ लाख ४३ हजारभन्दा बढी छ ।

युरोपेली मुलुक मध्ये फ्रान्समा सबैंभन्दा संक्रमित भेटिएका छन् । फ्रान्समा पछिल्लो २४ घन्टामा मात्रै ८७ हजारको हाराहारीमा संक्रमित थपिएका छन् । यो संख्या कोराना भाइरसको महामारी शुरुभएयताकै सबैभन्दा बढी हो । बेलायत, इटाली, पोल्याण्ड र जर्मनी लगायतका मुलुकमा पनि दैनिक संक्रमण उच्च रहेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top