कङ्गोमा इबोलाको प्रकोप देखियो,समयमै नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

३ जेठ ७५, शुक्रबार

कङ्गो, ३ जेठ ः प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

दश लाख जनसंख्या भएको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।

इबोला संक्रमणका विरामी यहाँ पुनःदेखा परेका हुन् । झण्डै १० लाख व्यक्तिको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने त्रास बढेको सो समाचारमा जनाइएको छ ।

Advertisement

यसअघि यसै महिनाको. सुरुमा ब्यान्डाका सहरभन्दा करिब १५० किलोमिटर टाढा अवस्थित ग्रामीण वस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए । यस सक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए ।

परीक्षणको लागि चार हजार इबोलाको खोप बुधबार मात्र कङ्गो पु¥याइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको थियो ।

Advertisement

पश्चिम अफ्रिकामा सन् २०१४ मा इबोलाको महामारीको क्रममा सो खोपको परीक्षण सफल भएको विश्व स्वास्थ्य संगठनले थप जानकारी दिएको छ ।

कङ्गोमा यस प्रकार इबोलाको नयाँ सक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको छ ।

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सहयोग गर्ने वाचा गरेको छ । त्यस बमोजिमका आठ हजार खोपमध्ये पहिलो किस्ताका चार हजार खोप बिहीबार त्यहाँ पु¥याइएको छ ।

इबोला संक्रमित र उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिलाई सकेसम्म चाँडो खोप लगाउने विश्व स्वास्थ्य संगठन र कङ्गोका अधिकारीले जानकारी दिएका छन् ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको इबोलाको भीषण महामारी कङ्गोमा हाल देखिएकोले परिस्थिति खतरापूर्ण पनि हुनसक्ने अधिकारीहरुको भनाइ रहेको छ ।

पश्चिम अफ्रिकामा इबोला भाइरसको कारण करिब एघार हजार जनाको ज्यान गएको थियो ।

यसको सक्रमण प्रकोप २८ हजार व्यक्तिमा देखिएको बताइएको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top