कोरोनाविरुद्धको खोप समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन

२५ कात्तिक ७७, मंगलबार
Share this
674shares

२५ कात्तिक, काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप समयमै आपूर्ति गर्न सचिवस्तरको अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।

Advertisement

यो समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रियाबारे पनि तयारी गर्नेछ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए। खोप समयमै ल्याउन स्रोत व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने पनि सरकारको भनाइ छ।

Advertisement

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको चैतसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय पनि भएको छ।

सरकारले कोरोना परीक्षण र उपचार पनि निःशुल्क गर्ने भएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top