धनकुटा, जेष्ठ ४ःधनकुटाको साँगुरीगढी गाउँपालिका– ६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।
जंगलमा चोरी शिकार गर्दै हिडेका स्थानीय बर्ष ३४ को फौदासिङ मगर र बर्ष ३५ को लाल बहादुर राईलाई बिहिबार राती प्रहरीले पक्राउ गरेको हो ।
बन्दुक सहित पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालयमा ल्याइएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।