NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी भन्छन्- उपचार गर्दै जाँदा आँट बढ्यो

मङ्लबार कार्तिक २५ , २०७७
Reading Time: 1 min read
A A
संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी भन्छन्- उपचार गर्दै जाँदा आँट बढ्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ कात्तिक, काठमाडौँ ।

नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा कसरी उपचार गर्ने भन्नेमा स्वास्थ्यकर्मीलाई लागेको थियो । भौतिक पूर्वाधारको कमी र प्रर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको अभावले अस्पताल र स्वास्थ्यकर्मीलाई उपचारमा समस्या भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्धता, स्वास्थ्य बीमा र सतप्रतिशत भत्ताको व्यवस्थापन गरेपछि स्वास्थ्यकर्मीले पनि सङ्क्रमितको उपचारमा सहज बनाएको थियो । उपचार संलग्न स्वास्थ्यकर्मीले विश्व स्वास्थ्य सङ्गठनको कोभिड–१९ सम्बन्धी मापदण्ड र तालीमले सङ्क्रमितलाई उपचारमा सघाएको बताउँछन् । बिरामीलाई उपचार गर्दै जाँदा सिकेको अनुभव उपचार गर्न दक्षता हासिल आफूहरुले गरेको उनीहरुको भनाइ छ ।

Advertisement

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक डा सागरराज भण्डारीले शुरुशुरुमा बिरामीको श्ययासम्म जान डराएकोमा पछि श्ययासम्म पुगेर बिरामीलाई मुसार्ने छुने गरेको बताए । “शुरुमा के कसरी उपचार गर्ने भन्नेमा थियो । पछि विश्व स्वास्थ्य सङ्गठन मापदण्ड र तालीम लिएपछि सिक्दै ग¥यौँ र उपचार गर्न पनि अभ्यस्त भयौँ”, उनले भने, “त्यसपछि त हामीले अन्य बिरामीलाई जस्तै सङ्क्रमितका बिरामीलाई उपचार गर्न थाल्यौँ ।” उनले नेपालमा दोस्रो सङ्क्रमित देखिएपछि आफूहरु योजना बनाएर बिरामीको उपचार गरेको अनुभव सुनाए। “पहिलो सङ्क्रमितलाई हामीले उपचार गर्दा खासै योजना बनाए थिएनौँ”, उनले भने, “जब दोस्रो सङ्क्रमित फेला परे अनि हामीले उपचारको लागि योजना बनाएको थियौँ ।”

सरकार नै सङ्क्रमितको दैनिक बढ्न थालेपछि उपचार गर्ने अस्पताल भनेर छुट्टाएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा शुरुमा सङ्क्रमितको उपचार गरिएकोे तर पछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, भक्तपुर अस्पताललगायत अस्पतालले पनि सङ्क्रमितको उपचार गर्न थालियो ।

यस्तै सशस्त्र प्रहरी अस्पतालका डा प्रवीन नेपालले अस्तापलका स्वास्थ्यकर्मी शुरुशुरुमा कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न डर मानेको बताए । आफूले सरुवा रोगका अन्य बिरामीलाई पहिले उपचार गरे पनि कोभिड–१९ का बिरामीलाई भने उपचार गर्दा अलिअलि डर हुने गरेको बताए। पछि स्रोत साधन उपलब्धता र तालीम लिएपछि सङ्क्रमितको उपचार गर्न कोही स्वास्थ्यकर्मी नहिचकिचाएको उनको भनाइ छ ।

“मैले कोभिड–१९ अगाडि क्षयरोग, एचआइभी, फ्लु, डेङ्गुजस्ता सरुवा रोगको पनि उपचार गरेको थिए”, उनले भने, “शुरुमा कोभिड–१९ को कसरी उपचार गर्ने भन्ने अलमल र डर हुन्थ्यो । पछि तालीम लिएपछि र बिरामीको उपचार गरेपछि सिक्दै गयौँ ।” उनले इटाली युरोपमा भएका साथीसँग समन्वय गरेर पनि अस्पतालमा आउने सङ्क्रमितको सफल उपचार गरेको अनुभव सुनाए। “शुरुशुरुमा के होला ? सङ्क्रमितलाई कसरी श्ययासम्म पु¥याउने होला । के कसरी गर्ने भन्ने दुविधा थियो”, उनले भने, “तर पछि तालीम र विदेशका साथीसँगको समन्वयमा उपचार गर्न सिकियो । अहिले त सामान्य जस्तो लाग्छ ।”

उनले व्यक्तिगत सुरक्षा कवच (पिपिई) लगाएर कोभिड–१९ को सङ्क्रमण नसर्ने भएपछि स्वास्थ्यकर्मीले जति पनि सङ्क्रमितको उपचार गर्नसक्ने बताए । पहिलेपहिले सङ्क्रमित पनि उपचार गर्न आउँदा आत्तिने, डराउने गरेका थिए तर अहिले त्यस्तो समस्या नभएको उनको भनाइ छ । अस्पतालका डा नेपालले पहिले दिनमा एक पटकमात्र भेट्ने बिरामीलाई अहिले दैनिक चार–पाँच पटक भेट्ने गरेको बताए ।

अस्पतालले तीन सिफ्टमा स्वास्थ्यकर्मीलाई परिचालन गरेको थियो । कोभिड–१९ का सङ्क्रमितलाई हेर्ने, क्यारेन्टिनमा बसेका र अरु सामान्य बिरामीलाई हेर्ने गरी स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको थियो । अहिले बलम्बुमा १०९ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ६० जनालाई अक्सिजन र छ जना भेन्टिलेटरमा छन् ।

कोभिड–१९ अस्पताल वीरअस्पतालको कोभिड–१९ को सघन उपचार कक्ष (आइसियु)मा कार्यरत नर्स मुना पोखरेललाई पनि शुरुमा कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न डर लाग्यो । न्यूरो वार्डमा काम गरिहेकी पोखरेललाई कोभिड–१९ वार्डमा सरुवा गरेपछि सङ्क्रमितको कसरी काम गर्ने होला भनेर डर लागेको थियो ।

“सङ्क्रमण फैलिरहेको थियो । त्यही बेला मलाई अस्पतालले कोभिड–१९ वार्डमा काम गर्न पठाइयो । अस्पतालले भने पनि जानै प¥यो”, उनले भनिन्, “म पनि अब सङ्क्रमित हुन्छु । अब घर जान पाइन्न भनेर डर लागेको तर पछि बिरामीको सेवा गर्न पछि पर्न हुन्न भन्ने आफूमा आँट आयो । अनि कोभिड–१९ को आइसियु सङ्क्रमितको उपचार गर्न थाले ।” शुरुशुरुमा अस्पतालमा पर्याप्त मात्रामा स्वास्थ्य सामग्री व्यक्तिगत सुरक्षा कवच (पिपिई), मास्क, पञ्जालगायत नभएको हुनाले सङ्क्रमितको उपचार गर्न समस्या परेको उनको अनुभव छ ।

उनले पछि पर्याप्त मात्रामा स्वास्थ्य सामग्री भएपछि सङ्क्रमितको उपचार गर्न केही समस्या नभएको बताइन् । “शुरुमा अस्पतालको पनि व्यवस्थापन थिएन । कसरी बिरामीलाई हेर्ने हो केही जानकारी थिएन । त्यसैले काम गर्न समस्या थियो”, उनले भनिन्, “पछि सामग्री पनि पर्याप्त हुन थाल्यो । सङ्क्रमितको उपचार गर्दै जाँदा आँट पनि आयो । बिरामीको राम्रोसँग उपचार गर्न सक्षम भए ।”

उनले आफू कोभिड–१९ को आइसियु वार्डमा काम गर्ने जानकारी आफ्ना बुबाआमालाई समेत गराएर केही हुँदैनन् भनेर आफैँले सम्झाइन् । बुबाआमाले पनि केही भन्नु भएन । तीन महिनादेखि कोभिड–१९ आइसियु वार्डमा काम गरिरहेकी पोखरेलसँगै धेरै काम गर्ने स्वास्थ्यकर्मी कोभिड–१९ को सङ्क्रमित भइसकेका छन् तर उनी निरन्तर सङ्क्रमितको उपचार गर्दा पनि सङ्क्रमित भएकी छैनन् ।

दशैँ पनि अस्पतालमा सङ्क्रमितसँगै मनाएकी उनी तीन महिनादेखि अस्पतालमा उपलब्ध गराएका होटेलमा बस्दै आएकी छन् । “सङ्क्रमितको उपचार गर्दा म पनि सङ्क्रमित हुन्छु जस्तो लागेको थियो तर होसियारपूर्वक काम गर्दा अहिलेसम्म म सङ्क्रमितत भएको छैन”, उनले भननिन्, “अहिले म निर्धक्क भएर काम गर्न सक्ने भएको छु ।” नेपालमा अहिलेसम्म एक लाख ९७ हजार २४ सङ्क्रमित भइसकेका छन् । यस्तै एक लाख ५९ हजार ७२४ निको र एक हजार १२६ जना सङ्क्रमणबाट निधन भएको छ ।

यस्तै वीर अस्पतालको कोभिड–१९ का सङ्क्रमित रहेको वार्डमा सरसफाइ गर्ने महेश्वरी परियार पनि स्वास्थ्यकर्मी जस्तै सरसफाइ गर्न डराइन्। उनीसँगै सरसफाइमा काम गर्ने केही कर्मचारीले पनि आफूहरुलाई पनि सङ्क्रमण हुन्छ, मरिन्छ अब काम गर्न सकिँदैन भनेर जागिर छोडौँसमेत भनेको स्मरण गरिन् तर पछि केही साथीले होइन यस्तो बेला काम गर्नुपर्दछ भनेपछि आफूहरुले काम गर्न थालेको उनले बताइन् ।

“मसँगै अन्य साथीलाई कोभिड–१९ वार्डमा सारेपछि अब सङ्क्रमण हुन्छ भनेर हामीलाई डराएका थियौँ”, उनले भनिन् “केही साथीले जागीर छोडेर घर जाउसमेत भने तर केहीले यस्तो बेला काम गर्नुपर्दछ भनेर काम गरौँ । पिपिई, पञ्जासहित सावधानी भएर काम गर्दै जाँदा डराएनौँ । सङ्क्रमितको नजिक जाँदा सामान्यजस्तो लाग्छ ।” चार महिनादेखि कोभिड–१९ का सङ्क्रमितका सरसफाइमा रहेकी उनी सङ्क्रमित पनि भइन् । सङ्क्रमण भएपछि निको भएर पुनः सङ्क्रमितकै सरसफाइमा खटिएकी छन् ।

“सङ्क्रमित भएपछि निको भएपछि म नियमित सरसफाइमा छु”, उनले भनिन्, “अहिले सङ्क्रमितको वार्डमा छु कि अरु वार्डमा छु केही जस्तो लाग्दैन । आफू सुरक्षित भएर काम गरेपछि केही हुँदैन ।” सङ्क्रमितको वार्डमा काम गर्न थालेपछि उनी विगत तीन महिनादेखि घर नगई होटेलमा बसेकी छन् ।रासस

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.