भोजपुर, जेठ ४ः भोजपुर जिल्ला सदरमुकाममा बिहिबार राती ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
भोजपुर नगरपालिका –५ दामौसिङमा को २ त ८६६४ नम्बरको ट्याक्टर राती ८ बजे तिर अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हाे।
घाइते हुनेमा भोजपुर ट्याम्केमैयुन गाउपालिका ४ बस्ने बर्ष २० को अमर राई, ट्याम्केमैयुन गाउपालिका १ बस्ने बर्ष १८ की बृहस्पती राई, भोजपुर नगरपालिका १ बस्ने बर्ष १९ को मनाहाङ राई, मोरङ लेटाङ नगरपालिका ३ बस्ने बर्ष ३५ को सुवास राई रहेका छन् ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । ट्याक्टरका चालकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भई रहेको छ ।