अमेरिकामा चुनावको अनुसन्धान गर्ने वरिष्ठ अधिकारीद्वारा राजीनामा

२५ कात्तिक ७७, मंगलबार
Share this
686shares

२५ कात्तिक, वासिङटन ।

Advertisement

अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिएका छन् । महान्यायाधीवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई “मेमो” पठाएर राष्ट्रपति चुनावमा धाँधली भए नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिएका हुन्।

पिल्जरले हाल महान्यायाधीवक्ताको कार्यालयमा चुनावसँग सम्बन्धित अपराधको छानबिन विभाग सम्हाल्दै आएका थिए।रिपब्लीकन पार्टी र राष्ट्रपति डोनाल्ड ट्रम्प दुबैले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई बधाई समेत दिएका छैनन् भने चुनावी परिणामलाई पनि स्वीकार गरेका छन् ।

Advertisement

राष्ट्रपति ट्रम्पले हार स्वीकार्न अस्वीकार गरेसँगै उनका महान्यायाधीवक्ता विलियम बारले विभिन्न संघीय निकायहरुलाई पत्र (मेमो) लेखेर तत्काल छानबिन अगाडि बढाउन विवादास्पद निर्देशन दिएका छन् ।

महान्यायाधीवक्ता बारले चुनावको औपचारिक नतिजा सार्वजनिक हुनुअघि राष्ट्रपतिको गुनासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

Advertisement

अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनु भएपनि राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाइरहेका छन् । राष्ट्रपतिको पक्षका वकीलहरुले अमेरिकाका विभिन्न राज्यका अदालतमा मुद्दा दायर गरिरहेका छन् । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top