×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

एकै गाउँमा ७३ ज्येष्ठ नागरिकलाई सम्मान

४ जेष्ठ २०७५

फलेवास, पर्वत, ४ जेठ ः पैयूँ गाउँपालिका–४ हुवासले स्थानीय ७३ जना वृद्धवृद्धालाई सम्मानित गरेको छ ।

वडा कार्यालयले बिहीबार ७८ वर्षदेखि १०६ वर्षसम्मका वृद्धवृद्धालाई सम्मानित गरेको हो । वडा कार्यालयको स्वीकृत कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement

श्रेष्ठका अनुसार वडाका सबैभन्दा ज्येष्ठ नागरिक १०६ वर्षीय ज्येष्ठ नागरिक दलबहादुर कामीसहित ७३ वृद्धवृद्धालाई ब्लाङ्केट प्रदान गरी सम्मानित गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, पर्वतका उपप्रमुख यमकुमारी रानाले वृद्धवृद्धालाई वडा कार्यालयले गरेको सम्मानको प्रशंसा गरे । रानाले वृद्धवृद्धाले समाजका लागि धेरै योगदान पु¥याएको प्रसंग औँल्याउँदै उनीहरुको त्यो योगदानको कदर गरेर हामीले माया ममता दिनुपर्ने बताए ।

Advertisement
Advertisement

उक्त सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका सदस्य शर्मिला नेपाली, इलाका प्रशासन कार्यालय, हुवास, पर्वतका मोहनप्रसाद उपाध्याय, एमाले स्थानीय नेता नुमाखर बस्याल, नेकपा (माओवादी केन्द्र)का युवराज सेन र नेपाली काँग्रेसका तिलकप्रसाद श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top