हुम्लामा बहुमूल्य जडीबुटीको अवैध चोरी निकासीमा वृद्धि

२५ कात्तिक ७७, बुधबार

२६ कात्तिक, हुम्ला ।

हुम्लाको चङ्खेली गाउँपालिका–५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजस्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखौंको राजस्व घाटा लागेको छ ।

सो वडाको नेप्का गाउँको टाँके, माडिभिटा, फुने र निलीलगायत क्षेत्रबाट बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको स्थानीयवासीले बताएका छन् । त्यस क्षेत्रमा पाइने कुरिलो, काउलो, जटामसी, चिराइतो, गुच्छी च्याउ, कटुको र पदमचाललगायत बहुमूल्य जडीबुटीको अवैध चोरी–पैठारी बढेको वडाध्यक्ष भैरव तामाङले जानकारी दिए ।

चोरी–पैठारी गर्नेले हचुवाको भरमा बीउ नै मासिने गरी उत्खनन गर्दा जडीबुटी लोप हुने अवस्थामा पुगेका छन् । मुगु र जुम्लाका ठेकेदारले मजदूर लगाएर बहुमूल्य जडीबुटीको तस्करी गर्ने गरे पनि रोक्नेतर्फ सम्बन्धित निकायले चासो नदिएपछि गाउँलेले पालो गर्दै रक्षक बस्न थालेको उनको भनाइ छ ।

नेप्का गाउँका विभिन्न ठाउँबाट सयौँ क्विन्टल कटुकी चोरी भएपछि गाउँका ६६ घरधुरी मिलेर विभिन्न स्थानमा जडीबुटी जोगाउन वन रक्षक बस्नुपर्ने वाध्यता रहेको वडाध्यक्ष तामाङले जानकारी दिए । यस्तै सिमकोट गाउँपालिका–१ का चुवाखोला वनमा ठूलो सङ्ख्यामा बाहिर जिल्लाका नागरिक जडिबुटी सङ्कलन गर्न आएको स्थानीयवासीको भनाइ छ ।

खुला सीमा नाका कारण तस्करले लाखौं मूल्यको जडीबुटी अवैध रूपमा निकासी गर्दै आएका छन् । जथाभावी चोरी–निकासी बढ्न थालेपछि स्थानीयवासी रोकथामका लागि पहल गरिदिन माग गरेका छन् । तस्करले लाखौंको राजस्व छली गर्दासमेत जिल्ला वन कार्यालयको यसतर्फ ध्यान गएको छैन । दिन प्रतिदिन चोरी–निकासी बढ्दै गएको छ ।

कतिपय जडीबुटी सङ्कलन नै नभएर जङ्गलमा खेर जाने गरेका छन् भने सङकलन भएको मध्ये पनि धेरै जसो चोरी–निकासी हुने गरेको छ । सरकारले प्रतिबन्धित जडीबुटीको सूचीमा सूचीकृत गरेका जडीबुटीसमेत निकासी भइरहेको स्थानीयवासीको भनाइ छ । खुला सीमा नाका कारण अवैध चोरी–निकासी रोक्न समस्या भएको हो, अब चोरी–निकासी रोक्नेतर्फ स्थानीय सरकारसँग सहकार्य गरेर आवश्यक पहल गर्ने जिल्ला वन कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top