×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

तराईमा शुरु भयो छठपर्वको तयारी

२६ कार्तिक २०७७

२६ कात्तिक, वीरगञ्ज ।

वीरगञ्ज छपकैयाकी २९ वर्षीया सेवकीदेवी कांखे आफ्नो बालक च्यापेर एकाबिहानै घण्टाघरमा देखा पर्छिन् । उनीसँगै अरु एक हुल बालिका पनि हुन्छन् । सबैको हातमा बाँसले बनाएको ढाकी, सुपा, कोनिया हुन्छ । आस्था, विश्वास र लोकपर्वको रूपमा रहेको छठपर्व मनाउन उनीहरुले चन्दा माग्दै हिँड्ने गरेका छन् । हिन्दूहरुको आस्थाको पर्वका रूपमा रहेको यो पर्व अन्तर्गत भिक्षा मागेर छठपर्व गर्नेहरुको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको देखिएको छ । यस पर्वप्रति आस्था र विश्वास गर्नेहरु यसरी भिक्षा मागेरै भए पनि पर्व मनाउने गरेको परम्परा रहिआएको छ ।

Advertisement

लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठको तयारी अहिले द्रुतगतिमा थालिएको छ । गरिब या धनी सबैले श्रद्धापूर्वक मान्ने यो पर्वमा दलित, गरिब, असहायले भिक्षा मागेरै भए पनि परम्परा धान्ने गरेका छन् । छठीमाताको भाकल गर्ने पनि चलन रहेकाले यस्ता महिलाले चन्दा मागेर भए पनि यो पर्व गर्दै आएका छन् । अहिले बजारमा छठपर्वको लागि चन्दा माग्ने महिला तथा बालिकाहरु देखिन्छन् । व्यापारी तथा बटुवाले आफ्नो गच्छेअनुसार छठीमइयाको नाममा चन्दा दिने गरेको देखिन्छ ।

तराईमा छठको आफ्नै तथा अलग्गै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेका सरोवरहरु घडिअर्वा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाट, रामगढवालगायतका ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा तलाउ सरसफाइ गरी सजाउने काम भइरहेको छ । स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ शुरु भएको देखिएको छ ।

स्थानीयवासीका अनुसार प्रत्येक वर्ष छठ मनाउनेहरुको सङ्ख्यामा पनि वृद्धि भइरहेकोले देखिन्छ । छठपर्व आउन अझै धेरै दिन बाँकी रहे पनि छठका लागि आवश्यक पर्ने सामान किनमेल गर्नेहरुको बजारमा अहिल्यैदेखि भीड देखिन थालेको छ । स्थानीयवासीका अनुसार विगतभन्दा यस वर्ष कोभिड–१९ को त्रास देखिए पनि यो पर्व गर्नेहरुको सङ्ख्यामा भने कमी आउने देखिँदैन, बरु बढ्दै गएको छ । छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो महिना दिन पहिल्यैदेखि शुरु हुन्छ । छठमा प्रयोग हुने सामानको मूल्य निकै चर्को भए पनि यसको जोहो गर्नैपर्ने र तयारी थाल्नैपर्ने भएको स्थानीय विजय पण्डितले बताए ।

यस वर्ष मङ्सिर ४ गते छठपर्वअन्तर्गत खरना विधि अपनाइन्छ । सो दिनलाई षष्ठी भनिन्छ । सोही दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक शुरु हुन्छ । अहिले गाउँघरमा अहिले छठपर्वको गीत गुञ्जिन थालेको छ । सूर्यषष्टीलाई छठपर्व प्रारम्भ हुने दिनको रुपमा लिइन्छ । छठको पहिलो दिन व्रतीहरु नहायखाय गरी छठपर्व आरम्भ गर्छन् ।

मङ्सिर ४ गते पञ्चमीको दिन खरना विधि गरिन्छ र सोही दिनदेखि मिथिलाञ्चलमा रहेका भाइबहिनीबीचको पवित्र पर्व सामा चकेवा पर्व पनि शुरु हुन्छ । छठपर्वअन्तर्गत गरिने विधि खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले घरआँगन लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीहरु दिनभरि उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्रमाको दर्शन गरेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खिर पकाइन्छ । यस्तो खिर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र व्रतीले प्रसादका रुपमा ग्रहण गर्छन् । यो प्रसादलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन व्रतालुहरुले रातभरि जागाराम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त गर्ने गरिन्छ । सो दिनलाई छठको पारन भन्ने गरिन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्छ ।

सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको व्रती सुधा कर्णले बताइन् । ज्योतिषशास्त्रका आधारमा छठपर्वको समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणायन हुने भएकाले कन्या राशी समय पर्ने र यस बेलाको सूर्यको प्रकाश प्रभावकारी र मानव स्वास्थ्यका लागि पनि फलदकारी हुनेसमेत मानिएको छ ।

छठको तयारीमा रहेका श्रद्धालुहरुले एक महिनाअघिदेखि नै बजारमा किनमेल शुरु गर्ने गर्छन् । छठपर्वको मुख्य प्रसादको रूपमा रहेको केरा फलफूल, मिठाइ, अदुवा, उखुको हरियो पात, मुला, भोगटे कागतीलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ ।

छठ पूजाका लागि नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, आदिको सेवन गर्नु हुँदैन । महाभारत ग्रन्थका अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डवहरु मिथिलाको किराँत राजाका राज्यमा बास बसेका पनि बताइन्छ । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सोही समयदेखि छठपर्व मनाउने परम्परा चलिआएको देखिन्छ ।

त्यस्तै सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमूनिका पत्नी अनसुइयाले छठव्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको शुरुआत भएको तर्क रहिआएको छ । सातौँ शताब्दीमा श्रापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासनापश्चता सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेकाले त्यही दिनदेखि सूर्यको आराधना प्रारम्भ भएको जनविश्वाससमेत रहेको छ ।

छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्वहरु पनि त्यत्तिकै महत्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्वपूर्ण ठानिन्छ । भनिन्छ कि भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सूर्यमाथि निर्भर भएको हुन्छ । त्यसैले छठपर्वमा व्रत गरे दुःख र दरिद्र हुनबाट मुक्ति पाइन्छ । सूर्य उपासना परम्पराको मोहकपद्धति मानिएकाले संसारमा यही एउटा पर्व हो जसमा भिक्षा मागेर पनि सूर्यको पूजा गर्ने परम्परा परापूर्वकालदेखि चलिआएको छ ।

छठपर्वलाई लक्षितगरी व्यापारीहरुले भारतबाट केरा तथा स्याउ आयात गरेका छन् । यस पर्वमा मुख्यरूपमा उखु, केरा, स्याउ, भोगटे, बेसारको हरियो झारपात, अदुवा, मुला, सिंगहारा, विभिन्न प्रकारका मिठाइ र विभिन्न प्रकारका पकवान चढाइन्छ भने बाँसले बनाएको विभिन्न प्रकारका ढाकीहरु प्रयोग गरिन्छ । यसैगरीे माटाका भाँडाको अनिवार्यरूपमा प्रयोग गरिन्छ । छठीमइयालाई अनिवार्यरूपमा चढाइने यी सामग्रीको बजार मूल्य चर्को भए पनि लोक आस्थाको पर्वको रुपमा रहेको छठपर्व हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण भएकाले यो पर्वको तयारी एक महिना पहिलेदेखि शुरु गरिन्छ । शहरी क्षेत्रमा तडकभडकका साथ यो पर्व मनाइए पनि सुदूर ग्रामीण क्षेत्रमा यो पर्व विशिष्ठरूपमा मनाइने गरेकाले यसको मौलिकता अझसम्म कायमै रहेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण लामो समयदेखि सीमानाका बन्द हुँदा यसपटक सूर्य उपासनाको पर्वको रुपमा रहेको छठपर्व निकै महङ्गो हुने व्रतालुहरु बताउँछन् । विगत लामो समयदेखि नेपाल–भारत सीमानाका बन्द रहेका कारणले पर्वको लागि चाहिने आवश्यक सामग्रीसमेत पर्याप्त मात्रामा नआएपछि यसपटकको छठ महङ्गो हुनसक्ने अनुमान गरिएको छ ।

सूर्य उपासनाको पर्वका रूपमा रहेको छठपर्व तयारी मिथिलाञ्चल क्षेत्रमा एक महिना पहिलेदेखि शुरु भएको छ । व्रतालुहरु अहिले छठको तयारीमा जुटेका छन् भने बजारमा किनमेल गर्नेहरुको पनि घुइँचो लाग्न थालेको छ । यसपटकको छठ भने महङ्गो हुनसक्ने स्थानीयवासीको कथन छ । विगत वर्षको तुलनामा यसपटक सामानको मूल्य पनि बढेकाले महङ्गोमै सामान किन्न स्थानीयवासी बाध्य भएका छन् । अधिकांश सामानहरुको मूल्य आकाशिएको छ । सीमाका नाकाहरु छठको अवसर पारेर खुकुलो बनाए पनि बजारमा पर्याप्त सामान नआएकाले सामानहरुको मूल्य आकाशिएको हो । रासस

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top