विराटनगर,जेठ ४ः अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा सार्वजनिक भएको छ ।
अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२, २०१८ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी दिएका छ ।
अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो ।
कसरी हेर्ने नतिजा ?
डिभिको नतिजा हेर्नको लागि https://www.dvlottery.state.gov/ लिंकमा क्लिक गरेर थाहा पाउन सकिन्छ ।
यो लिंक क्लिक गरेपछि हरियो बक्समा cheek Status देखिने छ,त्यो बक्समा क्लिक गरेपछि फेरी continue देखिने छ । continue मा क्लिक गरेपछि डिभी पर्दा दिएको १६ वटा अंक र अक्षर भएको कन्फर्मेसन नम्बर,आफ्नो नाम थर र जन्मेको मिती(सन्मा) माग्छ, त्यो भरेपछि अन्त्यमा कोड दिएको हुन्छ त्यो कोड आफुले टाईप गरेर Submit गर्नुपर्ने हुन्छ ।
कन्फर्मेसन नम्बर बिर्सिएको खण्डमा forgot conformation number क्लिक गरेर मागेको जानकारी भरेर पनि हेर्न सकिन्छ ।
अहिलेसम्म डिभी पर्नेहरुको नामावाली