सरकारलाई सभामुखको ध्यानाकर्षण

३ जेठ ७५, शुक्रबार

काठमाडौँ, ४ जेठ ः सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा मागे ।

सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराए ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top